back
CTIZAN AD

पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

वि.सं.२०८० फागुन ९ बुधवार

858 

shares

बागमती । बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा-२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुईजनाको मृत्य भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३३५२ नंको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनको भनाइ रहेको छ । मृतक तथा घाइतेको पहिचान खुल्न सकको छैन ।

वि.सं.२०८० फागुन ९ बुधवार १४:३६ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...