back
CTIZAN AD

चीनमा तापक्रम घटेपछि गम्भीर मौसमी चेतावनी जारी

वि.सं.२०८० फागुन ९ बुधवार

1.1K 

shares

बेइजिङ । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ ।

अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ ।

सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ ।

बुधबार तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ । मानिसहरूले बिहान उठ्दा राजधानी सेतो रङले ढाकिएको देखेका थिए ।

सहरका राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् ।

नगरपालिकाका अधिकारीहरूले केही उपनगरीय क्षेत्रमा चार दशमलव एक सेन्टिमिटरसम्म हिमापात भएको बताएका छन् । उनीहरूले हिउँ परेका सडकहरूमा चेतावनी जारी गरेका छन् ।

“आफ्नो भ्रमण कम गर्नुहोस्, सार्वजनिक बस र सबवेको प्रयोग गर्नुहोस् र आफ्ना कारहरूलाई विस्तारै चलाउनुहोस्, सुरक्षामा ध्यान दिनुहोस”, सहर सरकारले मङ्गलबार साँझ अनलाइन विज्ञप्तिमा बासिन्दाहरूलाई सिफारिस गर्दै भनेको छ ।(रासस/एएफपी)

 

वि.सं.२०८० फागुन ९ बुधवार १६:०० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...