back
CTIZAN AD

आधा किलोसम्मको असिना र बर्षा, लाखौँको क्षति

वि.सं.२०७४ वैशाख २२ शुक्रवार

978 

shares

२२ वैशाख,गौशाला । महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ ।

तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँचसय ग्रामसम्मका असिना खसेको थियो भने त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काएको स्थानीय पीडितले बताएका छन् ।

त्यस्तै, जिल्लाका सयौँ हेक्टर जग्गामा स्थानीय किसानले लगाएको तरकारीबाली पनि असिना, हावाहुरी र वर्षाले नष्ट बनाएको किसानले बताएका छन् । त्यसैगरी, तीव्रगतिका हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत् अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबार समेत तोडफोड गरेको विद्युत् प्राधिकरण शाखा जलेश्वरले जनाएको छ ।

भारी वर्षाले जिल्लाका मुख्य सडक, जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर –भिट्ठामोड र जलेश्वर – रौजामा भइरहेको निर्माण कार्यमा निकै क्षति पु¥याएको छ । वर्षाका कारण ती सबै सडकखण्डमा भइरहेको माटोको काममा सडकभरि हिलैहिलो बनाएको छ भने खाल्डाखुल्डीमा पानी जमेर यातायातमा समस्या उत्पन्न भएको छ ।

यसअघि कहिल्यै पनि नदेखिएको यस्तो ठूल्ठूलो असिनाले बाटोघाटोमा हिँड्ने धेरैजसो यात्रुलाई चोटपटकसमेत पु¥याएको बुझिएको छ ।

वि.सं.२०७४ वैशाख २२ शुक्रवार ०३:११ मा प्रकाशित

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...