back
CTIZAN AD

अञ्जु र गोबिन्दको गीतको अमेरिकामा छायाँकन

वि.सं.२०७४ वैशाख २२ शुक्रवार

981 

shares

satayata-2
सत्यताको ‘कहिले मिलन कहिले बिछोड’ तथा सत्यता २ को कस्तो माया लाईयो हजुर बोलका गीतहरु नेपाली स्रोता र दर्शकहरुले अत्याधिक रुचाउनु भएका गीतहरु हुन् । यी गीतका गीतकार हुन गोबिन्द प्रसाद उपाध्याय र गायिका हुन्, अन्जु पन्त ।

गीतकार उपाध्याय र गायिका पन्तको सहकार्यलाई नेपाली स्रोता र दर्शकहरुले धेरै प्रसम्शा र माया दिएका छन् । यो जोडी ऐले को साङितीक बजारमा हिट जोडी देखिएको छ । त्यसैले सत्यता ३ को गजल ‘बहारमा रमाउने’ आजकल ज्यादै लोकप्रिय भएको छ ।

“बहारमा रमाउने प्यास बाँकी छ अझै
तिमी फेरी आउने आश बाँकी छ अझै”

अञ्जु पन्तको स्वरमा रहेको यो गीतको अहिरले अमेरिकाका रमणीय स्थानहरुमा छायाँकन सम्पन्न भएको छ । अमेरिकाका बसोबास गर्ने नेपाली मोडेलहरु रेम न्यौपाने र रजनी थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने निर्देशक सुमन दाहालले गरेका छन् ।

गित लेखनमा धेरै पुरस्कार पाइसकेका चर्चित गितकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई चर्चित गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् भने गीतमा संगीत पत्रकार कुसुम भट्टराईले भरेका छन् । उपाध्यायको एल्बम ‘सत्यता–३’ मा यो गित समेटीएको छ ।

म्युजिक भिडियोमा अभिनय गर्ने मोडल रेम भुटनीज कम्युनिटी युटा, अमेरिकाका अध्यक्ष हुन भने रजनी पुर्व मिसेज नेपाल र मिसेज हेरिटेज हुन् ।

इश्वर प्रवासीले छायाँकन गरिरहेको म्युजिक भिडियो अब केही दिनमै रिलिज हुने निर्देशक सुमन दाहालले बताए ।
गीतकार उपाध्यायको तेस्रो एल्बम “सत्यता-३” को बिक्री बितरण तथा बजार ब्यवस्थापन भाईब्स क्रियशन नेपालले गरेको छ ।

वि.सं.२०७४ वैशाख २२ शुक्रवार ०५:१४ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...