काठमाडौँ । आज साताको दोस्रो दिन सनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य २ सयले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो १ लाख १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । ५ रुपैयाँले घटेर चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
वि.सं.२०८० फागुन १४ सोमवार ११:४० मा प्रकाशित






























