back
CTIZAN AD

व्यवसायबाट आत्मनिर्भर बन्दै लैङ्गिक अल्पसङ्ख्यक

वि.सं.२०८० फागुन १४ सोमवार

840 

shares

झापा । आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् ।

कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उनीहरुले होटल, फास्टफुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याइरहेका लिड नेपालकी संयोजक लुना लिम्बू (चञ्चला)ले बताईन् । लिड नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकारका क्षेत्रमा काम गर्ने संस्था भएकाले उनीहरुलाई स्वरोजगार बनाउने अभियानमा लागेको उनिकोे भनाइ छ ।

झापाको दमकमा नमुना युनिसेक्स (महिला र पुरुष दुवैका लागि सैलुनको सुविधा भएको) सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालन भइरहेको छ । “सैलुनबाट १८ जना लैङ्गिक अल्पसङ्ख्यक साथीले तालिम लिइसक्नुभएको छ”, उनिले भनिन्, “यो सैलुन समुदायका साथीले सञ्चालन गरेकी हुन् । तालिम लिन समुदाय बाहिरका पनि आउनुहुन्छ ।” उनिका अनुसार सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहेका छन् ।

मोरङको विराटनगरमा मिलीजुली एण्ड सप्तरङ्गी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । पूर्वका थुप्रै सहर बजारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले पसललगायत स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् ।

झापामा पहिचान लुकाएकासमेत गरी २२ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रहेको लिड नेपालको दाबी छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको लिम्बूले बताईन् ।

समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने नजर र उनीहरुप्रतिको व्यवहार अपमानजनक रहेकाले समुदायका अधिकांश व्यक्ति पहिचान लुकाएर बस्नुपर्ने अवस्था रहेको उनिकोे भनाइ छ । उनीहरुलाई रोजगारीको अवसर नदिइने भएकाले आफँै व्यवसाय स्थापनामा लाग्नुपरेको लिम्बूले बताईन् ।

लिड नेपालले स्थानीय पालिका र दातृ संस्थासँग मिलेर उनीहरुलाई व्यावसायिक सीप सिकाउने अभियान सञ्चालन गरिरहेको छ । दमक–५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ ।

“सैलुनको शाखा जिल्लाका विभिन्न सहर तथा बजारमा विस्तार गर्ने योजना छ”, लिड नेपालकी संयोजक लिम्बूले भनिन्, “पहिला दक्ष जनशक्ति उत्पादन गर्छाैं र शाखा विस्तार गरी सबै पालिकामा रहेका हाम्रो समुदायलाई रोजगारीमा पहुँच पु¥याउँछौँ ।” उनिले सैलुनमा लैङ्गिक अल्पसङ्ख्यक समुदायले नै रोजगारी पाइरहेको बताईन् ।

स्थानीय पालिका र प्रदेश सरकारको सहयोगमा कोशीका विभिन्न जिल्लामा होटल, रेस्टुरेन्ट, कफीसप, बेकरीलगायतका व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको लिड नेपालले जनाएको छ । समाजमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यक शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहेको उनिकोे भनाइ छ ।

वि.सं.२०८० फागुन १४ सोमवार १४:५६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...