back
CTIZAN AD

डोटीमा विस्तार हुँदै चैते धानखेती, अरू धानको भातभन्दा स्वादिलो

वि.सं.२०८० फागुन १४ सोमवार

1.4K 

shares

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउछन् ।

यो वर्षका लागि उनले चैते धानको बेर्ना छरिसकेका छन् । “गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ”, कार्कीले भने, “यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउदा दोब्बर फाइदा हुन्छ ।”

उनले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताउँछन् । चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाइ छ ।

चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत चाहिने उनी बताउँछन् । सुरुमा बीउ उमार्न गाह्रो हुने र रोपेपछि पानी बढी चाहिने हुन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी धेरै चाहिने र नदीको पानी सुक्ने अवस्था भयो भने फल लिन नसकिने उनी बताउँछन् ।

यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका–२ कालागाडका अन्य किसानले पनि चैते धान रोप्ने भएका छन् । गालागाडका करिब ३० परिवारले चैते धानका लागि फागुन पहिलो साता बीऊ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रतिकिसान पाँच केजीदेखि १५ केजीसम्म बीऊ राखेका छन् ।

कृषि ज्ञानकेन्द्र डोटीबाट चैते धानको बीउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताए । उनीहरुले पहिलो पटक चैते धान रोप्न लागेकाले ढुक्क भने नरहेको धामीले बताए । “धान रोप्ने भनेर बीऊ राखेका छौँ मौसमले साथ दिएन भने धान र मेहनत खेर जान्छ होला ।”

कृषि ज्ञानकेन्द्र र किसानका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटीले बताउँछन् । ज्ञान केन्द्रकै सल्लाहअनुसार बीऊ राखेको बताउँदै वडाध्यक्ष बोगटीले आफू किसानहरुका साथमा रहेको उनले बताए । उनले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

 

वि.सं.२०८० फागुन १४ सोमवार १४:३५ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...