उगादुगुउ । उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारी वकिलले शनिबार जनाए अनुसार गत फेब्रअरी २५ मा बुर्किना फासोका विभिन्न क्षेत्र, उत्तरी क्षेत्र, याटेंगा प्रान्तको कोम्सिलगा, नोडिन र सोरो लगायतका गाउँहरूमा आक्रमण भएको छ ।
ती आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । त्यसैगरी आक्रमणबाट महत्त्वपूर्ण भौतिक सम्पत्तिको क्षति भएको बताइएको छ ।
फेब्रुअरी २५ मा पनि उत्तरी बुर्किना फासोको क्याथोलिक चर्चमा आक्रमण हुँदा कम्तिमा १५ जना उपासकको मृत्यु भएको थियो भने पूर्वी बुर्किना फासोको एउटा मस्जिदमा भएको आक्रमणमा थुप्रै मुस्लिम उपासकहरू मारिएका थिए। (रासस–सिन्ह्वा)
वि.सं.२०८० फागुन २० आइतवार १८:४४ मा प्रकाशित






























