back
CTIZAN AD

अमेरिकामा रहेका सामाजिक अभियन्ता लामाद्वारा सहयोगको याचना

वि.सं.२०८० फागुन २४ बिहीवार

3.4K 

shares

क्यालिफोर्निया । नेपालको गोरखा घर भइ लामो समयदेखि अमेरिकामा रहेका टेक लामा यतिबेला सहयोगी हातको पर्खाइमा छन् ।

गोरखाको नम्की अजिरकोट गाउँपालिका वार्ड नम्बर ४ गोरखामा जन्मिएका लामा क्यालिफोर्नियास्थित नेपाली समाजमा दयालु मन भएको समाजसेवीको रुपमा परिचित नाम हो ।

विगत १४ बर्षदेखी लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहेका समाजसेवी लामाको छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा रहेको छ ।

सबैप्रति सहयोगको भावना राख्ने लामा तामाङहरुको सामुदायिक संस्था तामाङ सोसाईटी अफ लसएन्जल्सको अध्यक्ष रमेत हुन् । तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष भएर कम गरिसकेका उनी हामी नेपाली ग्लोबलको अन्तराष्ट्रिय उपाध्यक्ष समेत हुन् । लामाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, रिपोटर्स क्लब अमेरिकालगायतका थुप्रै संस्थाहरुसंग आबद्ध भई काम गरिसकेका व्यक्तित्व हुन् ।

सदैव अरुका लागि अग्रपङ्तिमा रहेर सहयोग गर्दै आएका लामा यतिबेला आफै कोलोन क्यान्सर रोगबाट पीडित छन् । उनलाई यतिबेला आर्थिक एवं मानविय सहयोगको खांँचो रहेको छ ।

अहिलेसम्म १० वटा केमोथेरापी लिईसकेका उनमा पछिल्लो अबस्थामा भने स्वास्थ्यमा विभिन्न असरहरु देखिएकोले उनले शारिरिक तथा मानसिक रुपमा कमजोर भएको महसुस गरिएको छ ।

लामाको परिवारमा ३ छोराछोरीहरु पढ्दै गरेको र आफुले विगत लामो समयदेखी काम गर्न नसकेको कारण आर्थीक संकटमा परेको बताएका छन् ।

लामाले अन्तराष्ट्रिय हामि नेपाली ग्लोबलमार्फत नेपालको बिभिन्न जिल्लाहरुमा भूकम्प पीडित र बिदेशमा अलपत्र भएका विदेशी कामदारहरुको नेपालमा उद्धार गर्ने र बाढीपहिरोबाट पीडित परिवारका लागि राहत सहयोगमा महत्वपुर्ण योगदान दिदै सयौ व्यक्तिहरूलाई सहयोग गर्दै आएकाा छन् ।

तर यतिबेला उनी आफैलाई हामी सबैको सहयोगको खांचो परेको छ लामालाई सहयोग गर्न लसएन्जल्सस्थित नेपाल अमेरिका एकता समाजले गो फन्ड एकाउन्ट खोलेको छ, साथै तलको लिंकमा खोलेर सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

 

वि.सं.२०८० फागुन २४ बिहीवार १७:२५ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...