back
CTIZAN AD

चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलङ्काका पूर्वराष्ट्रपतिको दाबी

वि.सं.२०८० फागुन २४ बिहीवार

1.4K 

shares
कोलम्बो ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गरेका छन् ।
टापु मुलुक श्रीलङ्काको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए ।
आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपक्षेले आफ्नो सरकारको आर्थिक नीतिहरूको बचाउ गरे । ती आर्थिक नीतिहरूका कारण अभूतपूर्व विदेशी ऋण डिफल्ट भएको थियो भने धेरै महिनासम्म खाद्यान्न र इन्धनको गम्भीर अभाव भएको थियो ।
यसको सट्टा उनका अनुसार सन् २००६ पछि श्रीलङ्कामा भू–राजनीतिक प्रतिद्वन्द्विताको तत्व ल्याउने चिनियाँ लगानीका पूर्वाधार परियोजनाहरूले उनलाई सत्ताबाट हटायो । “मलाई सत्ताबाट हटाउनका लागि चालिएका कदमहरूमा कुनै विदेशी हात नभएको दाबी गर्नु एकदमै मूर्खतापूर्ण हुनेछ”, उनले भने ।
राजपक्षेले निश्चित मुलुकहरूको नाम लिएनन् तर अमेरिकाले विगतमा पूर्वाधार सम्झौतामा हस्ताक्षर गरेर श्रीलङ्काले चिनियाँ ऋणको पासोमा फस्ने जोखिम उठाइरहेको बारम्बार चेतावनी दिएको थियो ।
आफ्नो निष्कासनको समयमा ७४ वर्षीय राजपक्षेलाई सुरुमा एउटा सैन्य विमानमा श्रीलङ्काबाट बाहिर लगिएको थियो र उनले सिङ्गापुरबाट आफ्नो राजीनामा इमेल गरेका थिए । यद्यपि पछि उनी स्वदेश फर्किसकेका छन् ।
पुस्तकमा राजपक्षेले कुनै प्रमाण प्रस्तुत नगरी आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा अर्थतन्त्रलाई रोक्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई ‘विदेशी पैसा’ प्राप्त भएको दावी गरेका छन् ।
बेइजिङले श्रीलङ्कामा धेरै विकास परियोजनामा लगानी गरेको छ । यसमा राजपक्षेको गृहनगर हम्बनटोटामा विरलै प्रयोग हुने सम्मेलन केन्द्र र विमानस्थल समावेश छ । यसलाई आलोचकहरूले सेतो हात्ती भनेका छन् । चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाता पनि हो । चीनसँग श्रीलङ्काको विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा छ ।
आफ्ना दाजु महिन्दा राष्ट्रपति रहँदा शीर्ष रक्षा अधिकारीका रूपमा काम गर्दै सन् २००९ मा श्रीलङ्काको लामो गृहयुद्ध अन्त्य गर्न सहयोग गरेकामा राजपक्षेलाई कुनै समय सिंहाली बौद्ध बहुसङ्ख्यकबीच सम्मानित गरिएको थियो ।
सन् २०१९ मा भएको निर्वाचनमा उनी राष्ट्रपति पदमा भारी मतले विजयी भए । यद्यपि सुपरमार्केटका र्याकहरू खाली भएपछि र पेट्रोल स्टेसनहरूमा धेरै दिनसम्म लामो लाइन लागिरहेपछि तीन वर्षभन्दा पनि कम समयमा श्रीलङ्काको अर्थतन्त्र धरासायी भएसँगै उनको लोकप्रियतामा कमी आयो ।
अर्थशास्त्रीहरूले अचानक देखिएको मन्दीका लागि राजपक्षे सरकारले सोचविचार नगरी करमा गरेको कटौतीलाई दोष दिएका छन् । कर कटौतीका कारण कोरोना भाइरस महामारीपछि विदेशी मुद्रा सञ्चितिमा भएको गिरावटको जवाफ दिन राजपक्षे सरकार असमर्थ रह्यो ।
राजनीतिक टिप्पणीकार कुशल परेराले राजपक्षेको पतन उनको अर्थतन्त्र सम्हाल्ने अयोग्यताका कारण भएको बताए । “मिडिया प्रचारका कारण उहाँ सिंहाली–बौद्ध नेताका रूपमा लोकप्रिय हुनुहुन्थ्यो तर उहाँ केही गर्न असमर्थ हुनुहुन्थ्यो”, परेराले भने ।
राजपक्षेका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्राकोषको उद्धार प्याकेजमा वार्ता गर्दै सरकारी वित्त पुनःस्थापना गर्न करमा तीव्रताका साथ वृद्धि गरेका छन् । (रासस÷एएफपी)

वि.सं.२०८० फागुन २४ बिहीवार १७:४० मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...