back
CTIZAN AD

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड

वि.सं.२०८० फागुन २५ शुक्रवार

930 

shares

 

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शुक्रबार बिहान शेयर बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका हुन् । बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त गरेका छन् । आवेदकमध्ये १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ भने ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ । सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा करिब १९ गुणा बढीको आवेदन परेको थियो ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता समेत जोडेर सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो ।

कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो। आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो ।

कम्पनीले यस अघि नै योग्य संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि शेयर बाँडफाँड गरिसकेको छ ।

सर्वोत्तम सिमेन्ट बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ ।

वि.सं.२०८० फागुन २५ शुक्रवार ११:४९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...