back
CTIZAN AD

नेपाली अमेरिकन कलाकार संघ उत्तर अमेरिकाको अध्यक्षमा वसन्ती राई सर्वसम्मत

वि.सं.२०८० फागुन २७ आइतवार

2.2K 

shares

शेखर राई, न्यूह्याम्सायर, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष, चर्चित नृत्यांगना, गायिका तथा मोडल वसन्ती राई, नेपाली अमेरिकन कलाकार संघ (नर्थ अमेरिका) अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छन् ।

फेब्रअरी १० मा सम्पन्न पाँचौं अधिवेशनमार्फत राई सर्वसहमत रुपमा अध्यक्ष निर्वाचित भएकी छिन् । न्यूयोर्कको क्विन्सस्थित बाजेको सेकुवाको इभेन्ट हलमा सम्पन्न उक्त अधिवेशनको उदघाटन सुगम संगितका चर्चित गायक जगदिश समाल र संस्थाकी तत्कालिन अध्यक्ष निशा सुनारले संयुक्त रुपमा पानसमा वत्ति बालेर गरेका थिए ।

बिभिन्न विधाका बहुचर्चित कलाकारहरुको उल्लेख्य सहभागिता रहेको उक्त अधिवेशनमार्फत चर्चित कलाकार वसन्ती राईको नेतृत्वमा एक बरिष्ठ उपाध्यक्ष र पाँच उपाध्यक्षहरुसहित १७ सदस्यिय नयाँ कार्यसमितीको गठन भएको हो ।

प्रमुख निर्बाचन आयुक्त सोमनाथ घिमिरे (गिरीजा प्र. कोईराला फाउन्डेशन अमेरिकाको च्याप्टर अध्यक्ष) र निर्बाचन आयुक्तहरु केशबराम राई (युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष) र साहित्यकार गीता खत्री तीन सदस्यीय विर्वाचन समितीले वसन्ती राईलाई सर्वसम्मतिबाट अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको थियो ।

अध्यक्ष राईको कार्यसमितीमा वरिष्ठ उपाध्यक्षमा चर्चित लोक दोहोरी गायक विमल डांगी, उपाध्यक्षहरु क्रमशः चर्चित नृत्य निर्देशक तथा मोडल शंकर वि.सी, निर्माता ÷निर्देशक तथा संचारकर्मी बिक्कि पुलामी, गायक तथा डिजे राजा राजेन्द्र राई, गितकार तथा लोक दोहोरी गायक मधुर गिरी, र मोडल ईत्ना कार्की सर्वसम्नत निर्वाचित भएका छन् ।

त्यस्तैगरी महासचिवमा लोक दोहोरी गायिका संगिता थापा मगर पुनः निर्वाचित भईन् भने सह–सचिवमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नबिन श्रेष्ठ, सह–कोअर्डिनेटरमा पुष्पा बस्नेत, युवा संयोजकमा गायक दिलिप श्रीस मगर, मिडिया संयोजकमा गायक÷गीतकार पुष्कर बराल, बोर्ड सदस्यहरुमा क्रमशः गायक वीर घर्ति मगर, कलाकार माया मेलिसा राई, कलाकाक चिनिलाल श्रेष्ठ, पार्कक खेलाडी तथा कलाकार सुनार र गायक तथा संगितकार कुमार थापा मगर सर्वसम्मत निर्वाचित भएका छन्।

नव निर्वाचित अध्यक्ष राईले संस्थाको विधान अनुसार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै आफ्नो सातबुदे भिजन सहितको योजना र कार्यक्रमहरु घोषणा गरेकी थिईन् । संस्थाको स्तर उन्नति र अभिवृद्दिको लागि दिर्घकालिन र तत्काल कार्यान्वयनमा ल्याउन सकिने दुई प्रकारका कार्ययोजनाहरू प्रश्तुत गरिन् ।

१. संस्थाको आफ्नै कार्यलय स्थापना र व्यवस्थापनको निम्ति श्रोत जुटाउन समन्वयकारी नेतृत्व लिने । तत्कालका लागि आफ्नै निवासलाई कार्यालयको रुपमा प्रयोगमा ल्याउने ।

२. हरेक वर्ष कम्तिमा दुईवटा नेपाली संस्कार र संस्कृतिमा आधारित विविध सॉस्कृतिक र सांगितिक कार्यक्रमको आयोजना गर्ने र त्यसमार्फत संस्थालाई आर्थिक टेवा दिदै नेपाली कला र संस्कृतिको संरक्षणमा योगदान दिने ।

३. वालवालिका र यूवाहरूको लागि संगीत र नृत्य कक्षा संचालनमा ल्याई नयॉ प्रतिभाहरुलाई प्रस्फुटन हुने अवसर श्रृजना गर्ने ।

४. संस्थाको कार्यालय संचालानार्थ आवश्यक सामाग्री र बाद्यवादनहरु खरिद गर्ने ।

५. बरिष्ठ कलाकारहरुलाई सम्मान र नवोदित कलाकारहरुलाई प्रोत्साहन गरी नेपाली संगितको संरक्षण र प्रवर्धन गर्दै उनीहरूको लागि उचित अवसरको वातावरण निर्माण गर्ने ।

६. स्वदेश तथा विदेशमा रहेका नेपाली र नेपाली भाषी कलाकारहरुलाई एक आपसमा जोडी संस्थालाई मजवुद बनाउन हर तरहले प्रयाश गर्ने ।

७. राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समन्वय गरी नेपाली कलाकारहरुविच आपसमा सिप, अवसर र अनुभव साटासाट गर्दै बलियो सम्बन्ध निर्माण गर्ने ।

सुगम संगितका चर्चित गायक जगदिश समाल प्रमुख अतिथि रहेको उक्त अधिवेशनमा बिष्णु राना मगर, शोभाकान्त पाण्डे र शंकर बिसुन्के पर्यवेक्षक रहेका थिए।

अधिवेशनको अन्त्यमा, निवर्तमान अध्यक्ष निशा सुनारले संस्थाको अभिलेख तथा सम्पूर्ण हरहिसावहरू नवकार्य समितिलाई बुझबुझारथ गरेका थिए । न्यूयोर्क तथा न्यूजर्सी राज्यमा वसोवाश गर्ने चर्चित गायक, संगीतकार, साहित्यकार र कलाकारहरुको बाक्लो उपस्थिती रहेको नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाचौं अधिवेशन समापन भएको थियो ।

प्रकृति र पितृ पूजक किरात राईहरुको मौलिक आदिम संस्कृतिलाई संयुक्त अधिराज्य अमेरिकामा रहेका किरात राई युवाहरू र भावि पुस्तामा संस्कृति पुस्तान्तरण गर्न अहम भुमिका खेलिरहेको अमेरिकावासी किरात राईहरुको सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरको वरिष्ट उपाध्यक्ष वसन्ति राई नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाजस्तो संस्थाको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोमा शुभेक्छुकहरूले सामाजिक संजालबाट व्यक्तिगत र संस्थागत रूपमा वधाई र शुभकामनाहरू दिएका थियो ।अध्यक्ष राईले नेपाली तथा किराती मौलिक भेष भुषा, संगित, नृत्य, अभिनय तथा मोडलिडःको क्षेत्रमा लामो समयदेखि अनवरत योगदान गरे वापत आज अध्यक्ष पदको लागि योग्य भएको सगौरव वताउंदै निस्वार्थ भावले देश र समाजको सेवा गर्दा सच्चा मुल्यांकन र सम्मान पाइने बताइन् ।

उनले आफू अध्यक्ष पदमा निर्वाचित भए लगत्तै मिडिया कोअर्डिनेटर शेखर राईसंग छोट प्रतिकृया दिदै किरात राईहरूको भाषा, धर्म र संस्कारको संरक्षण र प्रवर्धनको लागि नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको पनि समन्वयकारी भुमिका रहने बताएकी थिइन् ।

 

वि.सं.२०८० फागुन २७ आइतवार १६:३२ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...