back
CTIZAN AD

कान्तिराजपथ ४५ दिनका लागि बन्द हुँदै

वि.सं.२०८० फागुन २८ सोमवार

639 

shares

पाटन (ललितपुर) । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

“मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।

विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।

टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८० फागुन २८ सोमवार १०:४१ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...