back
CTIZAN AD

राजीनामा दिँदै हाइटीका प्रधानमन्त्री हेनरी

वि.सं.२०८० फागुन २९ मंगलवार

1.3K 

shares

मेक्सिको सिटी । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गरेका छन् ।

“मैले नेतृत्व गरिरहेको सरकारले (सङ्क्रमण) परिषद्को स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ । म सबै हइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु”  हेनरीले भिडियो सम्बोधनमा भनेका छन् ।

क्यारिबियन समुदायका क्षेत्रीय नेताहरूले सोमबार जमैकामा राजनीतिक सङ्क्रमणको व्यवस्थापन ढाँचामा छलफल गर्न र स्थानीय बासिन्दाहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्नका लागि आपत्कालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।

सन् २०२१ जुलाई ७ मा हइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ । हाइटीमा यस वर्षको फेब्रुअरी ७ अघि निर्वाचन हुने भनिएको थियो तर हुन सकेन जसले सामाजिक अशान्ति र राजनीतिक अस्थिरता निम्त्याइरहेको छ ।

फेब्रुअरीको अन्त्यदेखि हाइटीका थुप्रै गिरोह सङ्गठनहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै राजधानी, पोर्ट–ओ–प्रिन्स, प्रहरी चौकी, प्रहरी प्रतिष्ठान र अन्तरराष्ट्रिय विमानस्थललगायत सार्वजनिक निकाय र क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन् ।
सिन्ह्वा

वि.सं.२०८० फागुन २९ मंगलवार १४:३४ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...