काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको विषयमा येथेष्ट प्रमाण दिदा पनि कारबाही नगरिएको भन्दै राजीनामाको माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद दीपक गिरीले सहकारी ठगीमा आरोपित रहेका दीपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन पक्राउ नपरेको भन्ने प्रश्न उठाएका थिए ।
पोखरा सुर्यदर्शन सहकारी ठगी प्रकणरलाई लिएर गत माघ २२ गते त्यस सहकारीका बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको बताउँदै दिपेश पुन गिरफ्तार हुँदा गृहामन्त्री बनेका लामिछानेमाथि कारबाही नभएको टिप्पणी गरे ।
‘पीडितले उजुरी दिएपछि नेपाल प्रहरीले रवि लामिछानेमाथि अनुसन्धान अघि बढाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पनि त्यसमा सघाएको थियो । तत्कालीन गृहमन्त्रीले छानविन अगाडि बढाउन निर्देशन समेत दिनुभएको थियो । तर, यो विचमा सत्ता समिकरण परिवर्तन भएपछि अनुसन्धान गर्नुपर्ने व्यक्ति गृहमन्त्री हुनुहुन्छ ।’ गिरीले भने ।
उनले लामिछानेले आफु जसरी पनि गृहमन्त्री बन्न्ुपर्छ भनेर गृहमन्त्री बन्दा छानविन निष्पक्ष नहुने समेत बताउँदै उनको राजीनामा समेत मागेका थिए ।
‘कुनैपनि न्यायको सिद्धान्तको आधारमा आफैले आफैलाई कारबाही गरेको नजिर हामीसँग छैन । तर्सथ मुद्दालाई प्रभावित हुने तवरले अगाडि बढ्नु कानुनी राज्यमा सुहाउँदो कुरो हुँदै होइन यसप्रति हाम्रो गम्भीर चिन्ता र चासो छ ।’ उनले भने ।
उनले प्रधानमन्त्रीले अरोपित लामिछानेलाई गृहमन्त्रीमा किन नियुक्त गरेको भन्दै प्रश्न राख्दै संसदमा आएर जवाफ दिन समेत आग्रह गरेका थिए ।
वि.सं.२०८० चैत ६ मंगलवार १४:०३ मा प्रकाशित






























