काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपको विषयमा कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्टीकरण दिएका छन् ।
मंगलबार संसदमा प्रतिपक्ष दल नेपाली कांंगे्रेस लगायतका दलका सांसदले सहकारी पीडितहरुले दिएको उजुरीको आधारमा माओवादी केन्द्रका विद्यार्थी नेता सहकारी ठगी आरोपमा पक्राउ पर्दा सोहि प्रकणमा मुछिएका गृहमन्त्रीमाथि कारबाही हुन नसकेको विषयको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘हालसम्म उहाँ सरकारीको संचालक समिति, लेखासमिति, ऋण समिति, कर्मचारी लगायत कुनैपनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधिन मुद्दामा पनि उहाँ कहि कतै जोडिएको ेदखिएको छैन ।’ प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिँदै भने ।
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका एकहजार बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै साउन २२ गते गरेको जाहेरी दर्ता दरखास्तमा कसैको नाम नकिटिएको बताए ।
प्रधानमन्त्रीले उक्त दरखास्तमा प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनको आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा असोज १८ गते मुद्दा दायर गरेको तथ्य स्पष्ट रहेको समेत बताए ।
‘मुल उजुरी परेको ६ महिनापछि माघ १६ गते कास्की जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी दिइएको थियो । त्यसमा माननीय रवि लामिछाने समेत १८ जना व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाई जाहेरी दिइएको थियो । मुल उजुरीपछि थप प्रमाणहरु भेटिएमा पुरक जाहेरी दिइ अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ नै तर उक्त जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण केही पनि पेश गरिएको छैन ।’ प्रधानमन्त्रीले थप प्रष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले अनुसन्धानमा कैफियत देखिएमा गृहमन्त्री लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने समेत बताए ।
वि.सं.२०८० चैत ६ मंगलवार १४:३३ मा प्रकाशित






























