back
CTIZAN AD

उम्मेदवारलाई भोट माग्न भ्याईनभ्याई

वि.सं.२०७४ वैशाख २४ आइतवार

762 

shares

 

२४ वैशाख, बनेपा । स्थानीय तह निर्वाचनका लागि प्रमुख राजनीतिक दल र साना दलसमेत मतदाताको घरघर धाउन थालेका छन् ।

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न उनीहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाइरहेका छन् । खानेपानी, सडक, फोहर व्यवस्थापन, पर्यटन प्रर्वद्धनलगायतका चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले चुनावको परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

स्थानीय निकायमा लामो सयमको रिक्ततापछि पहिलो पटक हुनलागेको स्थानीय तहको निर्वाचनमा खास गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यसबाहेक बनेपा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतका साना पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् ।
नेकाबाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएका राम जोशीले बनेपाको सबै वडा कार्यालयको समस्या केलाएर घोषणापत्र तयार पारिएकाले सबै समस्याको समाधान हुने जिकिर गर्दै फोहर प्रशोधन, ढल निकास, खानेपानी, फोहर व्यवस्थापनलगायतका सबै मुद्दालाई घोषणापत्रमा उल्लेख गरेको बताउनुभयो ।

एमाले काभ्रेपलाञ्चोकका प्रचार विभाग प्रमुख हरिशरण दाहालले २०४६ सालको आन्दोलनपछि काँग्रेसले स्थानीय तहमा नेतृत्व गरे पनि स्थानीय तहका समस्या समाधान गर्न नसकेको बताउनुभयो । आफू निर्वाचनमा विजयी हुने दाबी गर्दै उहाँले फोहरक प्रशोधन गरेर ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “हामीले बनेपा नगरलाई विकासमा अघि बढाउन ड्रिम प्रोजेक्ट नै निर्माण गरेका छाँै ।”

नेकपा ९माओवादी केन्द्र०बाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएका भोला अर्यालले खानेपानी, सडक, शिक्षा पर्यटनलगायतका स्थानीय समस्या समाधान गर्न आफ्नो पार्टी सक्षम भएको उल्लेख गर्दै अहिले नेपाली राजनीतिको एजेन्डा नै माओवादीको भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – “पुनःसंरचनापछि हामी पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएका छौं र हामी नयाँ अनुहार भएकाले हाम्रो योग्यता परीक्षण हुन जरुरी छ ।”

बनेपाका युवा मतदाता सगुन मानन्धरले राजनीतिक पार्टी भन्दा पनि सक्षम र योग्य व्यक्तिलाई स्थानीय तहको नेतृत्वमा ल्याउनुपर्ने तर्क गर्नुभयो । तीस हजार ३७५ मतदाता सङ्ख्या रहेको बनेपा नगरपालिकामा १४ वडा छन् ।

यसअघिको यहाँ स्थानीय निर्वाचनमा काँग्रेसले जित हासिल गरेको थियो । बनेपा नगरपालिका आसपासको साविकका गाविस रविओपी, उग्रतारा जनागाल, नालालगायतका क्षेत्र पुनःसंरचनापछि बनेपा नगरपालिका क्षेत्रभित्र परेका छन् ।

काठमाडौँबाट २६ किलोमिटरको दूरीमा रहेको बनेपा नगर नेपालबाट चीन जाने अरनिको राजमार्गको सङगमस्थलका साथै व्यापारिक केन्द्र पनि हो । समुन्द्र सतहबाट करिब एक ४३८ मिटर उचाइमा अवस्थित बनेपा नगरमा प्रसिद्ध चण्डेश्वरी मन्दिर र आठ विभिन्न मन्दिर समेत रहेका छन् । नगरपालिकामा खासगरी नेवारी समुदायको बाहुल्यता रहेको छ ।

वि.सं.२०७४ वैशाख २४ आइतवार ०७:३४ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...