back

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस

वि.सं.२०७४ वैशाख २४ आइतवार

165 

shares
NTC AD
Global IME AD

nejausaनेपाल अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको बहस कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अमेरिका पत्रकार संघ को उद्घाटन पश्च्यात बहस कार्यक्रम सुरु भएको थियो। उक्त बहस कार्यक्रममा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशी सहभागि भएका थिए l बहसमा रबिना थापा तथा कृष्ण पोख्रेलको अनुपस्थित रहेको थियो ।

अमेरिकी राष्ट्रपतिको चुनावी बहस जस्तै शैलीमा नेता छान्नको लागि उक्त बहस कार्यक्रम राखिएको थियो l बहस कार्यकम सवा घण्टा सम्म चलेको थियो भने समय अभावको कारण दर्शक तथा सामाजिक संजाल बाट आएका प्रश्नहरु उम्मेदवारहरुलाई सोध्न असमर्थ भएको जानकारी कार्यक्रम संचालक बाल जोशीले जानकारी गराएका थिए ।

बहस कार्यक्रम विभिन्न संचार माध्यम बाट प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरु केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशीले आफ्नो परिचय दिदै आफ्ना कुराहरु ,कार्य योजना र प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रमको अध्यक्षता भोला आश्चर्यले गरेका थिए भने कार्यक्रम संचालक बाल जोशीले ३ चरणमा जम्मा १२ वटा प्रश्न हरु उम्मेदवारहरुलाई राखेका थिए ।

वि.सं.२०७४ वैशाख २४ आइतवार ०७:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...