२४ बैशाख,काठमाडौं । स्पेनिश घरेलु लिग लालिगा अन्र्तगत हिजो राति भएको खेलमा बार्सिलोना र रियल म्याड्रिड विजयी भएका छन । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले भिल्लारिएललाइ ४–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्साको लागि लिओनल मेस्सीले २ साथै नेयमार र सुआरेजले १ गोल गरे । जित सगैँ शीर्ष स्थानको वार्सिलोनाको ३६ खेलबाट ८७ अंक भएको छ ।
त्यस्तै लिगमा दास्रो स्थानको रियल म्याड्रिड समेत विजयी भएको छ । रियलले यस अघि नै रेलिगेशनमा परेको ग्रानडालाइ ४–० गोल अन्तरले हरायो । रियलका लागि हामेश रोड्रिग्वेज र अल्भारो मोराटाले २÷२ गोल गरे । जित सगँै दोस्रो स्थानको रियलको ३५ खेलबाट समान ८७ अंक भएको छ । समान अंक भएतापनि हेड टु हेड पद्धतीको आधारमा बार्सा शीर्ष स्थानमा रहेको छ । रियलका लागि उपाधि जित्न सम्भावित ९ अंक बाट ७ अंक भए पुग्छ । तर वार्सिलोनाले उपाधि जित्न भने रियल हार्नु पर्ने हुन्छ । रियललाइ उपाधि जित्न गर या मरको स्थिति छ भने वार्साले उपाधि जित्न रियलले हार्नु पर्ने हुन्छ । तर्सथ यो पालिको लालिगाको उपाधि कुन टिमले जित्छ भनेर अनुमान लगाउन निकै कठिन छ । 
वि.सं.२०७४ वैशाख २४ आइतवार ०८:४१ मा प्रकाशित
























