back
CTIZAN AD

एकता समाज ओमानद्वारा  सरकारलाई पाँच बुदे ज्ञापनपत्र

वि.सं.२०७४ वैशाख २४ आइतवार

1.1K 

shares

yekta-samaj-oman-gapan-patra

ओमान नेपाली एकता समाजद्वारा खाडीमा घरेलु कामदारको रूपमा कार्यरत महिलाहरु समस्या, फ्री भिषा फ्री टिकट, प्रवासी नेपालीहरुको मताधिकार लगायतका बिषयमा नेपाली दूतावासमा ०४ में बिहिवारका दिन ज्ञापन- पत्र बुझाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, महिला बिभागकि अध्यक्ष गीता लिम्बू लगायत सम्मीलित एक प्रतिनिधि मण्डलले अध्यक्ष छबिलाल बस्नेतद्वारा हस्ताक्षरित पाँच बुदे ज्ञापन-पत्र कार्यबाहक राजदूत रोजिना ताम्राकारसमक्ष बुझाईएको हो ।

ज्ञापन पत्रमा नेपाल सरकारले बिदामा नेपाल फर्केर पुन रोजगारीमा फर्कन चाहने घरेलु महिला कामदारहरुको श्रम स्वीकृतिमा रोक लगाएको कार्य गलत भएको भन्दै पुन श्रम स्वीकृति दिने कार्य सुचारु गर्न माग गरिएको छ । यो कदमले प्रवासमा श्रम गरि परिवार पाल्ने महिलाहरुको रोजिरोटि नै बन्द भई आश्रीत परिवार समेत प्रभावित भएको बताएका छन् । “जेनतेन बालबच्चाहरु पढाई र खानपिन खर्च धानिरहेका महिलाहरुलाई रोजगारबाट बन्चित गराउनु राम्रो कार्य नहुने र अधिकाङ्स महिलाहरु अशिक्षित र बिपन्न बर्गको भएको हुनाले उनिहरुले तत्काल कुनै जागीर वा ब्यवसाय गर्न पनि असक्षम हुने र सरकारले तत्काल त्यस्तो कुनै बैकल्पिक ब्यवस्था गर्न पनि सक्ने अवस्था नभएको हुँदा यसलाई तत्काल फिर्ता लिएर बिदामा घर गएर फेरि फर्केर काम गर्न चाहने महिलाहरुको निम्ति सहज वातावरण तय गर्न समेत सरकारसंग जोडदार माग गर्दछ भनिएको छ ।”

साथै महिलाहरुलाई विभिन्न देशको एअरपोर्ट प्रयोग गरी दलालहरुले सेटिङमार्फत ओसारपसार गर्ने काम सरकारले अझै रोक्न नसकेको र खाडीमा महिलाहरुको समस्यामा कुनै कमि नआएकोले नयाँ त्यस्लाई न्यूनीकरण अब आउन चाहने महिलाहरुलाई सरकारको संरक्षकत्वमा संभावना भएका देशहरुमा पठाउने ब्यवस्था गर्न माग गरिएको छ । लाखौंको संख्यामा प्रवासमा रहेका युवाहरुलाई प्रवासबाट नै सबै प्रकारका चुनावहरुमा मतदान र प्रतिनिधित्वको ब्यवस्था गराउन पनि माग गरिएको छ ।

सरकारले मलेसिया लगाएत खाडी मुलुकमा जान चाहने कामदारहरुलाई लागू गरिएको फ्री भिसा फ्री टिकटको नीतिलाई कडाई पूर्वक लागू गराउन माग गरिएको छ । ज्ञापन-पत्रमा साउदी स्थित तात्कालिक नेपाली राजदूत उदयराज पान्डेको कार्यकाल देखिको प्रयासमा ओमानमा बहाल रहेका पूर्व राजदूतहरुको रोहवरमा नेपाली संघसंस्थाहरुबिच भएको छलफलमा ओमानमा सबै नेपालीहरुलाई समेट्ने गरि नेपाली सोसियल क्लब दर्ता गर्ने सहमति भएकोमा हाल आएर गैरआवासीय नेपाली संघ ओमानले गैर आवासीय नेपाली सोसियल क्लब दर्ता गरेको पाईएको हुनाले ओमान सरकारको कानुन अनुसार कुनै एक क्लब मात्र दर्ता गर्न मिल्ने प्रावधान भएको हुँदा कुनै एक संस्था विशेषको नाममा नभई सबै नेपालीको साझा नेपाली सोसियल क्लब दर्ता गर्नको लागि पहल गर्न पुनः दूतावास मार्फत नेपाल सरकारलाई जोडदार माग गर्दछ भनिएको छ । सो अवसरमा काबा राजदूत ताम्राकार र सहचारी लाल बहादुर अर्यालले सम्बन्धित बिषयमा सहभागी टोलिद्वारा सोधिएको जिज्ञासा माथी प्रकाश पारिएको थियो ।

वि.सं.२०७४ वैशाख २४ आइतवार ०९:५८ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...