back
CTIZAN AD

बैतडीमा व्यावसायिक कफी खेती सुरु, मन्त्री भण्डारीद्वारा शुभारम्भ

वि.सं.२०८१ जेठ ३ बिहीवार

1.2K 

shares

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गरेका छन् ।

उनले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गरे । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवद्र्धन गरी आयआर्जन तथा गरिबी न्युनिकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताए ।

उनले भने, “विभिन्न कृषि, वन पैदावार र खनिज तथा खानीजन्य पदार्थको सम्भावना हुँदाहुँदै पनि संघीय सरकारले यथोचित ध्यान दिन नसकेको जिल्ला बैतडी हो, अब त्यो अवस्था बदल्न हामी लागेका छौं, अब हाम्रा जडीबुटी, कृषि तथा गैर कृषिजन्य उत्पादनका सम्भावनालाई विभिन्न तहका सरकारको समन्वयमा सदुपयोग गरी बैतडीमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको जागरणमा हामी दृढ भएर लागेका छौं ।”

मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मुलुकका अन्य सम्भावना बोकेका तर पिछडिएका भेगमा कार्यक्रम सञ्चालन गर्न जोड दिँदै आएको बताए । उनले भने, “यसै सन्दर्भमा, बैतडीमा प्रशस्त सम्भावना बोकेका वस्तुको विकास, प्रविधि हस्तान्तरण, मुल्य श्रृङ्खला विकासमा काम गर्न मन्त्रालयले कार्य प्रारम्भ गरेको छ ।”

नेपालमा कफीको माग विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मागको सबै आपुर्ति घरेलु उत्पादनबाट हुन नसकेको बताए । अन्तर्राष्ट्रिय बजारको मागअनुसार कफी निर्यात गर्न नसकिएको उनको भनाइ छ ।

उनले भने “बजारको समस्या खासै नभएको नेपाली कफीको उत्पादनलाई व्यावसायिक र परिमाणयुक्त बनाउन आवश्यक छ, मल, बीउ, सिँचाइ र सीपबाट उत्पादन, उत्पादकत्व र गुणस्तर बढाउन मेहनत गरी लाग्न आग्रह गर्दछु, आगामी दिनमा स्थानीय तह, प्रदेश सरकार, चिया तथा कफी विकास बोर्ड र विकास साझेदारबाट मन्त्रालयको एकीकृत व्यापार रणनीति २०८० बाट निर्यात योग्य वस्तुको रुपमा पहिचान भएको कफीखेतीको विकासमा सक्रिय सहभागिता रहने विश्वास गर्दछु ।”

युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफीखेती शुभारम्भ गर्ने कार्यक्रमअन्तर्गत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ । बैतडीबाट यस कार्यक्रमको सुरुआत गरिएको र देशका अन्य जिल्लामा पनि यो कार्यक्रमको थालनी गरिने जनाइएको छ ।
–––

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०८ मा प्रकाशित

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...