back
CTIZAN AD

योगलालका यी नौ पुस्तक : जस्ले प्रस्ट्याउँछन् उनको दर्शनचेत र बहुआयामिकता

वि.सं.२०८१ जेठ ३ बिहीवार

3.2K 

shares

नेपाली साहित्यभित्रको वर्तमानको एक गतिशिल, वहुआयामिक, प्रगतिवादी एवं दर्शनचेत सहितको व्यक्तित्वको नाम हो, योगलाल  गौतम । वि.सं. २०४६ साल, आषाढ ५ गते, रामेछाप जिल्ला, गुन्सी भदौरे गा.वि.स., वडा नं. ७ मा जन्मनुभएका साहित्यकार योगलाल गौतम  विद्यालय तह देखि नै भाषा साहित्यप्र्रति लाग्न तत्कालिन  नेपाली भाषा विषयका शिक्षक गुरु इन्द्रमणी चौलागाईले प्रेरित गर्नुभएको स्मरण गरिरहनुहुने लेखक गौतमले अंग्रेजी साहित्यमै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिसक्नुभएको छ । त्यसका अलावा राजनीतिशास्त्रमा पनि पुनः स्नातकोत्तर  र अंग्रेजी भाषामै फेरी एक बर्षे स्नातक गर्नुभएका उपन्यासकार गौतमको लेखन यात्रा तत्कालिन समयमा प्रकाशित हुने जनदिशा दैनिक पत्रिकामा कांग्रेसभित्र गिरिजाको मोनार्ची नामक शीर्षकमा लेख छापिएर सुरु भएको थियो । त्यसपश्चात पचासौं लेख रचानाहरु नेपालका राष्ट्रिय दैनिक एवं साप्ताहिक पत्रिकाहरुमा प्रकाशित भैसकेका छन् ।

पुस्तककारका रुपमा वि.सं. २०७० सालमा प्रेमको मलामी (उपन्यास) प्रकाशनमा ल्याएर नेपाली साहित्य आकाशको उडान भर्नुभएका निवन्धकार गौतमको सिर्जना, साधना र विवेकको वितरण कार्य  अझै पनि जारी छ । साहित्य र गैर साहित्य गरेर एक दर्जन भन्दा वढी पुस्तक प्रकाशन गरिसक्नु भएका कवि गौतमको यो उपन्याशले विकृत प्रेम विरुद्ध प्रहार गरेको छ । साथै प्रेम शुद्धिकरणको लागि  सचेतिकरण समेत गरेको छ ।  त्यसै गरी वि.सं. २०७३ सालमा प्रकाशित  अर्कोे उपन्यास रणभेरी ले युद्घकै गीत गाएर नथाक्ने मानव जातीलाई चुनौती दिंदै नेपालको दश वर्षे स–सस्त्र जनक्रान्तीका कारणहरु र त्यसभित्रका कथाहरु एवं जनविद्रोह पश्चातका सकारात्मक एवं नकारात्मक उपलब्धीहरुबारे घटना, पात्र एवं  संवाद मार्फत स्पष्ट पारेको छ ।  त्यसैगरी वि.सं. २०७४ मा कर्णालीको चिहान निवन्ध सग्रह, वि.सं. २०७५ सालमा ह्वाइटहाउसको टाई  निवन्ध सँग्रह र वि.सं. २०७६ सालमा मान्छे बनाउने कारखाना कविता संग्रह  वजारमा ल्याउनु भएको थियो । वि. सं. २०७६ सालमा  प्रकाशित अर्को उपन्यास  फूलको आत्मसमर्पण ले नेपाली चेलीहरुको  कथा, पिडा, व्यथा र समस्यालाई छर्लङ्ग पारेको छ । वि.सं.  २०७७ मा टाउको भएका मुर्कुटाहरु कविता संग्रह र वि.सं. २०७८मा ल्याप्चे हान्ने सांसद लेख संग्रह प्रकाशित गर्नुभएका गौतम विं.स. २०७९ मा समालोचना तर्फ  मोडिनुभयो । प्रशिद्ध अमेरीकी लेखक म्याडेलाइन लेङ्गेलको वहुचर्चित उपन्यास अ रिङ्कल् इन् टाइम् लाई प्रेमको दृष्टिकोणले समालोचना गरी द लभ् इन् अ रिङ्कल् इन् टाइम् कृति जन्माउनु भयो ।

रामेछाप जिल्ला, दोरम्बा शैलुङ गा. पा., वडा नं. ६ स्थित श्री कालिका माध्यमिक विद्यालयमा माध्यमिक तहको अंग्रेजी विषयका अध्यापक गौतम साहित्यका अलावा गैर साहित्य तर्फ पनि  उतिकै सक्रिय हुनुहुन्छ । अंग्रेजी भाषाको सम्पादन, अनुवादन एवं कक्षाकोठाभित्र प्रयोग हुने अंग्रेजीका पाठ्यसामाग्रीहरु गरेर आधा दर्जनको हाराहारीमा गैर साहित्यीक कृतिहरु समेत प्रकाशित  छन्, समालोचक, अनुवादक एवं सम्पादक गौतमका ।

यसरी दर्जनौँ कृतिका कृतिकार वनिसक्नु भएका  गौतम सुनापति प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत हुनुहुन्छ । क्यामेलिया उच्च माध्यमिक विद्यालय, कालिमाटी, काठमाडौंबाट वि. सं. २०७५ मा साहित्य सम्मान  प्राप्त गौतमको ह्वाइटहाउसको टाइ निवन्ध संग्रहले वि.सं. २०७५ मा नै लिखुपिके साहित्य पुरस्कार समेत प्राप्त गरेको थियो । साहित्य र शिक्षा मार्फत नेपाली समाजमा उज्यालो छर्न क्रियाशिल शिक्षक योगलाल गौतम अणुवीक्षण दर्शन उपन्यास (दर्शनोपन्यास) प्रकाशनको अन्तीम तयारीमा हुनुहुन्छ । जीवन र जगत प्रतिको दार्शनिक विश्लेषण सहितको यो उपन्यासको अग्रिम शुभकामना सर्जक  गौतमलाई । साथै समाज, देश र विश्वलाई नै नेतृत्व गर्न सक्ने विचार स्थापित होस् । वधाई एवं उत्तरोत्तर  प्रगतिको कामना !!

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२० मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...