काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिएका छन् ।
मुख्यमन्त्री सोडारीले बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभाको बैठकबाट विश्वासको समत लिएका हुन् ।
मुख्यमन्त्री सोडारीले प्रदेश सभाको बैठकमा उपस्थित २८ सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए । सोडारीले नेकमा माओवादी केन्द्रका १०, एमालेका ११, नेकपा एकीकृत समाजवादीका ४,नागरिक उन्मुक्तिका २ र एकजना स्वतन्त्र सांसद गरी २८ जना सांसदबाट विश्वासको मत लिएका हुन् ।
सभामुख भण्डारीले सदनमा मत बिभाजनको नतिजा सुनाएका थिए । जसमा संसदमा उपस्थित सांसदको संख्या २८ रहेको थियो । जसमा मुख्यमन्त्री सोडारीको पक्षमा २८ जनाले मत दिँदा तटस्थ र विपक्षमा शून्य मत परेको थियो ।
वि.सं.२०८१ जेठ ३ बिहीवार १३:४० मा प्रकाशित






























