back
CTIZAN AD

हुरीबतासले विद्यालयको छाना उडाएपछि…

वि.सं.२०८१ जेठ ३ बिहीवार

912 

shares

बैतडी । हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभूत विद्यालयको भवनको छानो उडाएको हो ।

विद्यालयको पाँचकोठे भवनमध्ये दुई कोठाको छानो हुरीबतासले उडाउँदा पूर्ण रूपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दले बताए ।उनका अनुसार बाँकी तीन कोठाको छानो पनि आंशिक रूपमा क्षति भएको छ ।

हुरीबतासले विद्यालय भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा दुईकोठे कार्यालय भवन र पाँचकोठे भवनमात्रै रहेको प्रअ चन्दले जानकारी दिए । उनका अनुसार कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ५२ विद्यार्थी अध्ययनरत छन् । छानो मर्मत नहुँदासम्म पठनपाठनमा समस्या हुने उनकोे भनाइ छ ।

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०२ मा प्रकाशित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...