back
CTIZAN AD

आगलागीबाट ३५ घर नष्ट

वि.सं.२०८१ जेठ १० बिहीवार

741 

shares

त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन् । हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो ।

आगलागी भएका घरगोठ पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । आगलागीका कारण एक महिलाको मृत्यु भएको थियो भने आगो निभाउने क्रममा दुई महिला घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।

उनका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा आगलागीबाट बढी घर क्षति भएका छन् । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा कागजात जलेर नष्ट भएका छन् । पैतीस घरमा आगलागी हुँदा करिब रु ४९ लाख ५२ हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

गत शनिबार मात्रै मुसीकोट–३ माछमीका गोर्खबहादुर केसीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा रु २५ लाख बढीको क्षति भएको थियो । उनको घरमा भएको सुन, नगद, तामा, कासका भाँडावर्तन, अन्नपात जलेर नष्ट भएका थिए । विद्युत् सर्टलगायत व्यक्तिको कमजोरीका कारण आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८१ जेठ १० बिहीवार १४:०५ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...