back
CTIZAN AD

सगरमाथा आरोहणका क्रममा एक विदेशी नागरिकको मृत्यु, एक नेपालीको अवस्था अज्ञात

वि.सं.२०८१ जेठ ११ शुक्रवार

729 

shares

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो ।

बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत वस्थामा भेटिएका थिए । मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए । २१ मेका दिन चौथो शिविर पुगेका उनीहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे÷नगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०७:०६ मा प्रकाशित

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...