काठमाडौं । हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८१ जेठ १२ शनिवार ०७:४१ मा प्रकाशित






























