कुमाराज सुबेदी, अष्ट्रेलिया
न त मेरो पाउजु छ
न त म सँग छ हार नै,
छ त केवल हृदयभरि प्यार अनि प्यार नै ।।
न त भयो यो, कहिल्यै नुनिलो
न त भयो यो, मत–मत गुलियो
बसन्तको रसमा दुबै भुलियो ।।
जति जान्छ्यौ तिमी पर उति वर म तान्छु
टाउकै फूटाउ– न त कहिल्यै म हार मान्छु
यस्तै थिएँ, यस्तै छु, र सधैं यस्तै रहन्छु ।।
कहिलेकाँहि, साथै छु तर लाग्छ छैन,
मलाई त यस्तो लाग्छ–के होला नहँुदा चयन ?
विचारले तान्ने अनेकन् तरिका तर मन तिमी छोडि पर गएन ।।
म छु र त तिमी छौ, नहुँदा म, तिमी नि त हुन्नौ,
भएर त आफ्नो, नभए नि भन्दिन भईनौ, जो सधै छौ
दुबैलाई बुझ्छौं तुरून्ता–तुरून्तै, नबुझ्दा समस्या, नभन भनिनौ ।।
फूल छ प्रेमको बागमा, जसरी खुर्सानी रागमा
पग्लिएँ सुनझैं बार–बार तापमा, चम्किन्छु, टल्किन्छु टलक्क शिरमा,
लगाउ केशले जाज्वल्य बार, गुरककाससरी फुल्दछु भिरमा ।।
वि.सं.२०८१ जेठ १२ शनिवार ०७:५९ मा प्रकाशित






























