back
CTIZAN AD

कविता : शिरको सुहाग

वि.सं.२०८१ जेठ १२ शनिवार

1.4K 

shares

कुमाराज सुबेदी, अष्ट्रेलिया

न त मेरो पाउजु छ
न त म सँग छ हार नै,
छ त केवल हृदयभरि प्यार अनि प्यार नै ।।

न त भयो यो, कहिल्यै नुनिलो
न त भयो यो, मत–मत गुलियो
बसन्तको रसमा दुबै भुलियो ।।

जति जान्छ्यौ तिमी पर उति वर म तान्छु
टाउकै फूटाउ– न त कहिल्यै म हार मान्छु
यस्तै थिएँ, यस्तै छु, र सधैं यस्तै रहन्छु ।।

कहिलेकाँहि, साथै छु तर लाग्छ छैन,
मलाई त यस्तो लाग्छ–के होला नहँुदा चयन ?
विचारले तान्ने अनेकन् तरिका तर मन तिमी छोडि पर गएन ।।

म छु र त तिमी छौ, नहुँदा म, तिमी नि त हुन्नौ,
भएर त आफ्नो, नभए नि भन्दिन भईनौ, जो सधै छौ
दुबैलाई बुझ्छौं तुरून्ता–तुरून्तै, नबुझ्दा समस्या, नभन भनिनौ ।।

फूल छ प्रेमको बागमा, जसरी खुर्सानी रागमा
पग्लिएँ सुनझैं बार–बार तापमा, चम्किन्छु, टल्किन्छु टलक्क शिरमा,
लगाउ केशले जाज्वल्य बार, गुरककाससरी फुल्दछु भिरमा ।।

 

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:५९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...