वीणा रोका, घोराही, दाङ
स्वदेश हाँक्न पाखुरा तमाम छन्
लखेट्न शत्रु यी छुरा तमाम छन्
रहन्न देश लौ उठौँ सँगी सबै
अनेक जालका कुरा तमाम छन्
भएर मौन रुन्छ मातृभूमि नै
बुझेर सन्तती सुरा तमाम छन्
अशान्ति देख्छु देशमा सधैँभरि
जलाउँछन् दियो भुरा तमाम छन्
म देश प्रेम गर्छु काखमा बसी
अदम्य साथमा धुरा तमाम छन्
बहर : हजज मुसद्दस अशलम
अर्कान : मुफाइलुन मुफाइलुन मुफाइलुन
वजन : १२१२ १२१२ १२१२
वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०३ मा प्रकाशित






























