back
CTIZAN AD

महिलाका लागि चेतना विद्यालय

वि.सं.२०८१ जेठ १२ शनिवार

879 

shares

घोराही (दाङ) । उमेरले ५३ वर्षीया देवा खड्का अहिले कक्षा ५ मा पढछिन् । उनले घोराही उपमहानगरपालिका-१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढाइलाई निरन्तरता दिएकी छन् । कक्षा १ देखि नै सोही विद्यालयमा पढ्दै आएको उनी बताउँछिन् । पढ्ने उमेरमा विभिन्न घरायसी समस्याका कारण पढाइबाट वञ्चित भएकाले अहिले पढ्न पाउँदा उनी खुसी व्यक्त गर्छिन् ।

खड्कालाई सुरुमा पढ्न लेख्न आउँदैन थियो । त्यसले गर्दा उनलाई घरमा हिसाब मिलान गर्नेदेखि बैंक जाँदा भौचर भर्नसमेत समस्या हुने गरेको थियो । यी कामका लागि अरूको भर पर्नुपर्ने समस्या भोग्नुपरेको बताउँदै उनी ढिलै भए पनि ज्ञान हासिल गर्न पाएको बताउँछिन् । अहिले उहाँ सामान्य रूपमा पढ्न लेख्नदेखि बैंकमा भौचर भर्न सक्ने भएको बताउँछिन् ।

उनले भने, “पहिले बैंकबाट पैसा झिक्न, राख्न सक्ने अवस्था थिएन, तर पढ्न थालेपछि अहिले आफैँ पैसा झिक्न राख्न सक्ने भएको छु, बैंक भौचर भर्न सक्छु ।” सुरुमा बुढेसकालमा किन पढ्नुप¥यो भन्ने श्रीमान् र छोराहरुले समेत अहिले आफ्नो पढाइबाट खुसी हुने गरेको उनी बताउँछिन् । स्वास्थ्यले साथ दिएसम्म पढ्न नछाड्ने उनको भनाइ छ ।

उनी जस्तै घोराही–१७ का ३५ वर्षीया कालिका चौधरी कक्षा १ मा अध्ययन गर्दै आएकी छन् । अन्य विद्यार्थीजस्तै कालिका हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आएकी छन् । घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण र सानै उमेरमा बिहे भएकाले पढ्न नपाएकी कालिका अहिले भने पढाइ पूरा गर्दै छिन् ।

सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय भर्ना भएको उनी बताउँछिन् । उनले भनिन्, “पहिले पढ्छु भन्दा पनि पढ्न पाउने अवस्था थिएन, घरको काम गर्नु पथ्र्यो, अहिले घरको कामलाई व्यवस्थापन गर्दै पढ्न लेख्न सिक्दै छु ।” घर परिवारको पनि राम्रो साथ पाएका कारण विद्यालयसम्म आएर पढ्न सहज भएको उनी बताउँछिन् ।

घोराही–१५ निवासी २३ वर्षीया नुरजला खत्री क्षेत्री कक्षा १ मा पढ्दै छिन् । घरको कमजोर आर्थिक अवस्थाका कारण सानोमा पढ्न नपाएकी नुरजला अहिले श्रीमान् र घर परिवारको राम्रो साथ पाएका कारण पढाइलाई निरन्तरता दिन थालेकी छन् । नपढेको मान्छेसँग ज्ञान नहुने र जसले पनि हेप्ने गरेकाले आफूले पढ्न थालेको उनी बताउँछिन् । उनले भनिन्, “घरको आर्थिक अवस्था कमजोर भएका कारण सानोमा बुवाआमाले पहिले पढाउन सक्नुभएन, तर अहिले बिहेपछि पनि पढ्न पाएको छु ।” उनका दुई छोराछोरीसमेत छन् ।

घोराही–१८ नवलपुर निवासी ३१ वर्षीया सम्झना चौधरीले अहिले कक्षा ४ मा पढ्छिन् । पढ्ने उमेरमा उहाँलाई पनि विभिन्न समस्याका कारणले गर्दा पढाइबाट वञ्चित हुनुपरेको थियो । अहिले घर परिवारले पढ्नुपर्छ, पढाइलाई उमेरले छेक्दैन भनेर हौसल्ला दिँदा खुसी लाग्ने गरेको उनको भनाइ छ । विद्यालयमा आफूजस्तै अन्य दिदी बहिनीहरुलाई देख्दा अझ धेरै पढ्न मन लाग्ने गरेको उनको अनुभव रहेको छ ।

चेतना महिला अनौपचारिक विद्यालयले पढ्न नपाएर वञ्चित महिलाहरुका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस विद्यालयमा १५ देखि ५९ वर्षसम्मका महिलाहरुले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थी सुवेदी बताउँछिन् ।

अहिले पनि समाजमा पढ्न, लेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलालाई शिक्षा दिने काम गर्दै आएको उनी बताउँछिन् । उनले भनिन्, “अहिले पनि समाजमा पढ्ने लेख्ने रहर भएर पनि पढ्न नपाउनुभएका महिला हुनुहुन्छ, उहाँहरूलाई नै ध्यान दिँदै यो विद्यालय खुलेको हो, पढाउने कामसमेत गर्दै आएका छौँ ।” यस विद्यालयमा अध्ययन गरेका महिला एसइईसँगै कतिपयले स्नातकोत्तरसम्म अध्ययन गरिरहेको प्रधानाध्यापक पन्थी बताउँछिन् ।

करिब १५ वर्षअघि घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा यसवर्ष कक्षा १ देखि ८ सम्म ३० जना बढी महिलाले अध्ययन गर्दै आएको उनको भनाइ छ । सामुदायिक विद्यालयमा अध्ययन गराइने कोर्षअनुसार नै चेतना महिला अनौपचारिक विद्यालयमा पठनपाठन हुने गरेको छ । विद्यालयमा पाँच शिक्षक सबै महिला नै छन् ।
रासस सांकेतिक फोटो

वि.सं.२०८१ जेठ १२ शनिवार १२:०० मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...