बारा । प्रहरीले नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–६ का २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका–५ का १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय महमद आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मोहन कुमार साहलाई सिम्रौनगढ नगरपालिका–९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित १ हजार दरको ७ सय ७ थान र सिम्रौनगढ नगरपालिका–९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेका महमद आलमलाई १ हजार दरको ६ सय ९ थानसहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेको खुलेपछि राजन र आकाशलाईसमेत पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८१ जेठ १७ बिहीवार १२:४४ मा प्रकाशित






























