back
CTIZAN AD

अस्ट्रेलियामा रहेका नेपालीद्वारा आर्थिक सहयोग

वि.सं.२०७४ वैशाख २८ बिहीवार

663 

shares

२८ वैशाख, सुरुङ्गा (झापा) । दुवै मिर्गौलाले काम गर्न छाडेर थलिएका झापाको भद्रपुर नगरपालिका–८ निवासी प्रमिन कोइरालालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।
कोइरालाको उपचारका लागि भद्रपुर घर भई हाल अस्ट्रेलिया बस्दै आएका नेपालीले रु एक लाख ३७ हजार आर्थिक सहयोग गरेका हुन् । विगत १० वर्षयता मिर्गौला रोगबाट पीडित बनेका ३३ वर्षीय कोइरालालाई रमेश पोखरेलको अगुवाइमा रकम सङ्कलन गरेर उनको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ ।

पत्रकार उपचार कोषलाई सहयोग

यसैगरी, समाजसेवी डिल्ली प्रसाईंले पत्रकार सहारा उपचार कोषका लागि रु २५ हजार १६५ रुपैयाँ सहयोग गर्नुभएको छ । बिर्तामोड नगरपालिका–५ महानन्द चौक निवासी प्रसाईंले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष रु एक करोडको बनाउने लक्ष्य लिएको छ ।

कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासङ्घका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताउनुभयो । प्रसाईंले आफ्नो तर्फबाट केही समयभित्रै कोषमा थप रकम प्रदान गरेर रु ५१ हजार पु¥याइदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार १०:१४ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...