back
CTIZAN AD

पाँचसयभन्दा बढी शिक्षक र कर्मचारी खटिए

वि.सं.२०७४ वैशाख २८ बिहीवार

1.2K 

shares

२८ वैशाख, बाबियाचौर (म्याग्दी)। आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१० जना निजामती कर्मचारी र शिक्षक मतदान गराउनका लागि खटिएका छन् ।

निर्वाचनसम्बन्धी सबै किसिमका सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार बिहीबारदेखि मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम छ ।

एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयम्सेवक परिचालन गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन विशेष सुरक्षा योजना लागू गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेराको सुरक्षामा नेपाली सेना परिचालन हुने भएको छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । म्यादी प्रहरीले लाइन र भीड व्यवस्थापनको काम गर्ने भएका छन् ।

यसैबीच, मतदान गर्नका लागि गाउँ फर्कनेको सार्वजनिक सवारीसाधनमा चाप बढेको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँमा बस्दै आएका सर्वसाधारण आफ्नो नामावली रहेको ठाउँबाट मतदान गर्नका लागि गाउँ फर्कने क्रम बढेको हो ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार १०:२२ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...