काठममाडाैं । हिमालयन बैङ्क लिमिटेडले सिभिल बैकलाई प्राप्त गरेपछि नजिक भएका शाखा सञ्जालहरू मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरेको छ । बैङ्कले काठमाडौँ महानगरपालिका ११, थापाथलीमा आइतवरदेखि शाखा सञ्चालन गरी सम्पूर्ण बैङ्किङ सेवा प्रदान गरेको छ ।
स्थानान्तरण गरिएको शाखाको उद्घाटन बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले गरेका थिए । कार्यक्रममा बैङ्कका अन्य कर्मचारीहरूको उपस्थिति थियो ।
यसै गरी बैङ्कले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरेको छ । भरतपुर महानगरपालिका १ मेन रोड नारायणगढबाट आइतबार मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
हाल बैङ्कले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ एटिएम, छ हजार पाँच सय भन्दा बढी पोस्ट टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०८१ असार २ आइतवार १५:१२ मा प्रकाशित



























