back
CTIZAN AD

बालकोटको पुराना ढुङ्गेधारा सडक कालोपत्रसँगै लोप हुन थाल्यो

वि.सं.२०८१ असार ४ मंगलवार

1.3K 

shares

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटका पुराना ढुङ्गेधारा बिस्तारै लोप हुने चरणमा पुगेका छन् । विसं २०७२ सम्म दुई ढुङ्गेधारा रहेको धारापाटीमा अहिले धाराको ठाउँमा पाइपको टुक्रामात्र राखिएको छ । विसं २०४९ मा धारा सुकेपछि जमिनमुनि खनेर पानी निकालेर चलाइएको थियो ।

बिस्तारै बोरिङको पानी पनि सुक्न थालेपछि पछिल्लो दुई वर्षदेखि ढुङ्गेधारामा पानी आउँदैन । पानी सुक्नुको मुख्य कारण धाराको पानीको मुहानमाथि सडक कालोपत्र गरिरहेको पाइएको छ । परम्परागत रुपमा ढुङ्गेधारामा आउने पानीलाई नागदेवताको आशीर्वाद मानिन्छ तर अहिले ढुङ्गेधारा पाइपको सानो टुक्रा र फोहरले ढाकिएको स्थितिमा सीमित हुन पुगेको छ । सहरिया जीवनशैलीका कारण ढुङ्गेधाराको सुरक्षा र संरक्षणका लागि यहाँका स्थानीय बासिन्दाले पनि पछिल्लो समय ध्यान दिन छाडेका छन् ।

धारामा पानी नआउने हो भने धाराको महत्व घट्दै गएर अहिले फोहरको थुप्रोले धारा पुरिन थालेका छन् । सूर्यविनायक–२ स्थित स्थानीय गुप्तेश्वर संरक्षण समितिले खानेपानीको सहज उपलब्धताका लागि सम्बन्धित निकायमा आग्रह गरेपछि हप्ताको एक दिन घरको धारामा खानेपानी आउने गरेको छ ।

सांस्कृतिक र धार्मिकरुपमा पनि महत्व बोकेको ढुङ्गेधारा अहिले उपलब्ध नहँुदा यहाँका बासिन्दा चिन्तित देखिन्छन् । “सडक कालोपत्र हुँदै गए, ढलान भए र पानीको मुहान नै सुकेपछि ढुङ्गेधारा पनि सुक्दै गए”, स्थानीय गुप्तेश्वर संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले भने, “यहाँका दुई ढुङ्गेधारा एकदमै कलात्मक थिए, विभिन्न देवीदेवताका मूर्ति पनि यहाँ रहेका थिए तर बिस्तारै मूर्ति हराउँदै गए र अहिले ढुङ्गेधारा सुक्दै गएका छन् ।”

ढल खन्दै जाने क्रममा मुहान भेटिएको र त्यसैलाई सुरक्षित साथ राखेर ढुङ्गेधाराको निर्माण गरिएको थियो । उनका अनुसार दुई–तीन सय वर्ष अगाडिदेखि चलनमा आएको ढुङ्गेधारा बोरिङको पानीका भरमा सधँै चल्न सकेनन् । “विसं २०७९ मा फेरि बिस्तारै धारा सुक्दै गए, वर्षाको बेलामा मात्र पानी आउन थाल्यो, ढुङ्गेधाराको संरक्षणका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने गरेको छ”, उनले भने । विसं २०७९ मा पानी सुक्दा वडाको आर्थिक सहयोगमा सात÷आठ ठाउँमा बोरिङ गर्दा पनि पानीको स्रोत पत्ता नलागेको संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए ।

वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले ढुङ्गेधारामा पानीको मुहान सुकेको विषयमा आफूहरु जानकार रहेको तर सडक निर्माण भइसकेकाले आफूहरुले मात्रै पहल गरेर मुहान पत्ता लगाउन नसकिने बताए । उनका अनुसार बालकोटका ढुङ्गेधारा दुई–तीन सय वर्ष पुराना हुन् । “त्यसबेला पानी भए पनि चलनमा थिएन, एकपटक छिमेकी चीनका पर्यटक आएर त्यहाँको पानी खाएर स्वाद मीठो भएपछि बालकोट निवासी सबैले त्यहाँको धाराको पानी प्रयोग गर्न थालेका हुन”, उनी भन्छन् ।

श्रेष्ठका अनुसार यहाँ पानी लिन मानिस काठमाडौँको कलङ्की र सिनामङ्गलदेखि आउने गर्दथे । बटुवालाई ढुङ्गेधाराबाट सफा र चिसो पानी प्राप्त हुने गरेको उनी स्मरण गर्छन् । बाटो ढलान, सडक कालोपत्र, मुहानभन्दा तल ढल निकास र कङ्क्रिटका घरका कारण पानीका मुहान सुक्दै गएको समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् । अहिले धारोमा पानी पूरै सुकेको र ढुङ्ेधारा एकदमै फोहोर तथा लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

खानेपानीका लागि हप्तामा एक दिन कुर्नुपर्ने भएकाले अब मेलम्ची खानेपानी आयोजनाको आशमा बालकोट रहेको जनाउँदै श्रेष्ठ भन्छन्, “अब केवल मेलम्चीको आश गर्नुबाहेक अर्काे विकल्प रहेन ।”
(प्रशिक्षार्थी पत्रकार)

वि.सं.२०८१ असार ४ मंगलवार १३:२८ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...