back
CTIZAN AD

राजेन्द्र लिङ्देनकाे आक्रोशः रोष्ट्रममै च्याते बजेट पुस्तिका

वि.सं.२०८१ असार ४ मंगलवार

966 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्गलवार बजेट पुस्तिका च्यातेका छन् । उनले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

‘म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । तर, रिस कहिलेकाहीँ रिस उठ्छ, सेलाउछ ।’ प्रतिनिधि सभाको रोष्ट्रमबाट पुस्तीका च्यात्दै उनले भने, ‘जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ (पोडियम) राख्छु मैले ।’

‘सामान्य लाज पनि नराख्ने, देख्छन्, यो पढिने चिज हो भन्ने लाज पनि नराख्ने जिल्लाको नाम पनि नराख्ने, ६२/६३ अगाडि पनि योजना छनोटका प्रक्रिया थिए । बस्ती तहबाट योजनाहरू छनोट हुन्थे । आठ/नौ वटा चरण पार गरेर बल्ल योजना छनोट हुन्थ्यो ।’ लिङ्देनले थपे, ‘अहिले मन्त्रीको मुखबाट र गोजीबाट निस्कने चिर्कटोबाट बजेट निर्माण हुन्छ ।’

उनले राप्रपाले लामो समयदेखि यो प्रक्रियामाथि औँला ठडाउँदै आएको बताए । उनले अहिलेको प्रक्रिया र व्यवस्था गलत पुष्टि भइसकेको दाबी गरेका छन् ।  ‘मैले जनताको प्रतिनिधिको तर्फबाट आक्रोश पोखेको हो । अहिलेको प्रक्रियाले यो व्यवस्था चाँडो भत्काउन सहयोग गरेको छ ।’ उनले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई प्रश्न गरेका छन्, ‘एउटा निर्वाचन क्षेत्रमा अर्बौँ पार्नुपर्ने कुन कारण र कुन विधि हो ?’

मन्त्री महासेठले बजेट बनाउँदा विधि भत्काएको उनले बताए । ‘अर्कोले पनि मन्त्री बन्न ढुकेर बस्नुपर्यो । बनेपछि त्यसै गर्नुपर्यो । तपाईंले देशमा विधि भत्काउने काम गर्नुभएको छ’, उनले भने ।

वि.सं.२०८१ असार ४ मंगलवार १३:३७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...