back
CTIZAN AD

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

वि.सं.२०८१ असार ४ मंगलवार

975 

shares

सानसाल्भाडोर (अमेरिका) । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाएका छन् ।

यसै गरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो ।

शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए ।

आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।

राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलबार सङघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वाहान गरे ।

गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए ।

इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङख््या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।

एएफपी/फाइल फोटो

वि.सं.२०८१ असार ४ मंगलवार १३:५३ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...