back
CTIZAN AD

कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित

वि.सं.२०८१ असार ५ बुधवार

1.1K 

shares

कर्णाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राखे । कांग्रेसको धारणापछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्टममा पुग्ने बित्तिकै कांग्रेस प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरे ।

सरकारका मन्त्रीले जवाफ दिइरहँदा र सभाको कामकारबाही चलिरहेका बेला बैठक अवरोध गर्नु प्रदेशसभा नियमावलीविपरीत हो भन्दै सभामुख नन्दा गुरुङले नियमापत्ति मात्र जनाउन पाइने तर अवरोध गर्न नपाइने जिकिर गरे तर पनि कांग्रेसले आफ्नो अडान छाडेन ।

त्यसैबीच, सत्तापक्षका प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम २१ को दफा ६ र २२ को दफा ‘च’ अनुसार नियम उलङ्घन गरेको भन्दै नियमापत्ति जनाए ।

कांग्रेस प्रदेशसभा सदस्य बेदराज सिंहले सत्तापक्षका सदस्यले प्रदेशसभा नियमावलीको नियम ‘च’ देखाएर प्रतिपक्षीलाई नधम्क्याउन चेतावनी दिए । उनले भने, ‘दलीय धारणा राख्न पाइन्छ, त्यही व्यवस्थाबमोजिम आफ्नो अधिकार प्रयोग गरेका छौँ । अबण्डा रकम राख्न पाइन्न, समपूरक र विशेष अनुदान छुटेका क्षेत्रमा सशर्त अनुदानमार्फत सम्बोधन हुनुपर्दछ ।’ सरकारले जवाफमा अट्काउनभन्दा दस्ताबेजीकरण गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरे ।

बजेट पुनर्लेखन नभएसम्म सदनका कुनै पनि कारबाही अगाडि बढ्न नसक्ने कांग्रेसको अडानपछि सभामुख गुरुङले आधा घण्टाका बैठक स्थगित भएको सूचना गरे ।

वि.सं.२०८१ असार ५ बुधवार १८:४४ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि...