नवलपुर । नवलपुर जिल्लाको कावासोती नगरपालिका-१५ सेरगन्ज मुसहर बस्तीमा ४७ औ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३३ औँ किसान सङ्घर्ष दिवस मनाइएको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)को आयोजनमा मुसहर बस्ती बसालेको दिनको स्मरण गर्दै दिवस मनाइएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नवलपुर इन्चार्ज धन प्रसाद सापकोटाले माओवादी निरन्तर किसान र उत्पीडित वर्ग समुदायको पक्षमा काम गर्दै आइरहेको बताए ।
उनले माझी र मुसहर समुदायको हक अधिकार र रोजीरोटीका लागि पार्टीले पहल गर्ने प्रतिबद्धता जनाए । सापकोटाले गरिब, उत्पीडित र उपेक्षित वर्ग समुदायको अधिकार स्थापित गराउन क्रान्तिकारी पार्टीमा गोलबन्द हुन आह्वान गरे ।
कार्यक्रममा कार्यक्रममा डाँसिराम बस्याल, सामाजिक व्यक्तित्व इन्द्रमणि भुसाल, वाइसीएल केन्द्रीय सदस्य चन्द्रबहादुर रानाभाट, जिल्ला संयोजक कृष्ण पराजुली, केन्द्रीय सदस्य किसान गैरे, मित्र शरण शर्मा, किसान महासङ्घका पदाधिकारी, सदस्य, वाइसिएलका प्रतिनिधि, अखिल नेपाल महिलासङ्घ (क्रान्तिकारी)का पदाधिकारी , दलित मुक्ती मोर्चाका प्रतिनिधि लगायतको सहभागीता थियो ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष हुकुम बहादुर सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
वि.सं.२०८१ असार ६ बिहीवार १५:३० मा प्रकाशित






























