back
CTIZAN AD

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार

726 

shares

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९ जनालाई सेवा दिएको छ । चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट यो सेवा प्रदान गरिएको हो ।

चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीले चालु आवको साउनदेखि जेठ मसान्तसम्म बहिरङ्ग चिकित्सा सेवाअन्तर्गत ३२ हजार छ सय ७९ महिला र २७ हजार १५० पुरुष गरी ५९ हजार आठ सय २९ जनालाई सेवा प्रदान गरिएको बताए । यो सङ्ख्या चिकित्सालयमा आएका व्यक्तिको सङ्ख्या हो । उहाँका अनुसार एउटै व्यक्ति छ पटकसम्म उपचारमा आएको तथ्याङ्क छ ।

चिकित्सालयले यसै अवधिमा चार हजार एक सय ६५ जनालाई योग सेवा, १८ हजार ६२ जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, चार हजार छ सय ४५ जनालाई ज्येष्ठ नागरिक सेवा प्रदान गरेको छ । यसैगरी एक हजार ९० महिलालाई स्तनपाई आमा तथा शिशु सेवा, पाँच हजार दुई सय ४० जनालाई नागरिक आरोग्य स्वाथ्स्य सेवा, छ हजार दुई १० जनालाई प्रयोगशाला सेवा प्रदान गरेको डा अधिकारीले जानकारी दिए ।

उनका अनुसार चार हजार चार सय ७६ जनालाई अकुपञ्चर सेवा, तीन हजार आठ सय ९२ जनालाई फिजियोथेरापी सेवा र ६३ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा रहेको संस्थालाई हालै नाम परिवर्तन गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नामकरण गरिएको डा अधिकारीले जानकारी दिए । अन्तरङ्ग सेवा सञ्चालनका लागि हाल भवन निर्माण भइरहेको छ । निकट भविष्यमा नै २५ श्ययाको अस्पताल सञ्चालनको तयारी गरिएको डा अधिकारीले बताए ।

जिल्लामा १३ वटा सरकारी र २८ वटा गैरसरकारी आयुर्वेद संस्था रहेका छन् । भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, डालेटार र मेघौली, माडी र राप्तीको वीरेन्द्रनगरमा आयुर्वेद औषधालय रहेका छन् । यस्तै कालिकाको सगुनटोल, खैरहनीको कुमरोज र इच्छाकामनाको चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र र भरतपुरको शिवनगरमा पिएचसि जीवनशैली सेवा रहेका छन् ।

चिकित्सालयले बिरामी परीक्षण एवं अत्यावश्यक आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशाला सेवा, भिडियो एक्सरे, फिजियोथेरापी, अकुपञ्चर, क्षरसूत्र, पञ्चकर्म, पूर्वकर्म सेवा दिँदै आएको छ ।

यस्तै दुखाइ व्यवस्थापन, तनाव व्यवस्थापन, आँखाको समस्या नेत्रतर्पण, थेराप्युटिक योग, जीवनशैली व्यवस्थापन, नियमित योग, प्राणायम, स्वस्थ आहार विहार, पथ्यापथ्य परामर्श, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, सःशुल्क फार्मेसी सेवा पनि चिकित्सालयले दिँदै आएको डा अधिकारीले बताए ।

चिकित्सालयले चालु आवमा प्रदेश सरकारबाट पुँजीगततर्फ रु दुई लाख विनियोजन भएकोमा रु एक लाख ८० हजार चार सय ८३ खर्च भएको छ । यस्तै सङ्घीय सरबारबाट प्राप्त रु ८१ हजारमध्ये ८१ हजार नै खर्च भएको छ ।

चालु खर्चतर्फ सङ्घीय सरकारबाट रु ३५ लाख ४३ हजार विनियोजन भएकोमा रु ३० लाख ३४ हजार १३२ खर्च भएको छ भने प्रदेश सरकारबाट विनियोजित रु एक करोड ६९ लाख २१ हजारमध्ये रु एक करोड २७ लाख ४४ हजार छ सय ५७ खर्च भएको डा अधिकारीले जानकारी दिए । कार्यालयले समग्रमा ९० प्रतिशत भौतिक प्रगति र ७७ दशमलव ३२ प्रतिशत आर्थिक प्रगति हासिल गरेको डा अधिकारीको भनाइ छ । कार्यालयमा बेरुजु नभएको उनका भनाइ छ ।

चिकित्सालयमा आउने बिरामीमध्ये प्रमुख १० रोगमा अम्लपित्त, कास रोग, उदर रोग, संधिवात, उच्चरक्तचाप, अर्श, श्वास, आमवात, वातारक्त र मधुमेह रहेका छन् ।

 

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२५ मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...