back
CTIZAN AD

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वि.सं.२०८१ असार ७ शुक्रवार

777 

shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त-पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।

गोकर्णेश्वर नगरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने वाग्द्वारमा सत्यानन्द शिवाचार्यले पूजा आराधना गर्दै आएकामा निकुञ्जले निकाल्न लागेकाले विरोध गर्नुपरेको स्थानीयवासी एवं बिपी सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले जानकारी दिए ।

निकुञ्जभित्रको अप्ठ्यारो ठाउँमा बसेर नित्य पूजा गर्ने सन्तलाई हटाएर निकुञ्ज प्रशासनले सनातनकालदेखि चलिआएको परम्परा मास्न खोजेको भनी स्थानीयवासी सम्मिलित एक समूह सो सन्दर्भमा यथार्थ बुझ्न हालै वाग्द्वार पुगेको थियो ।

वाग्द्वार पुगी बुझ्दा नित्य पूजा गर्दै आएका शिवाचार्यलाई त्यहाँबाट निकाल्नका लागि प्रक्रिया सुरु भएको भन्ने जानकारी प्राप्त भएको अध्यक्ष पोखरेलले बताए ।

स्थानीय हेमन्तकेशर पण्डितले करिब दुई दशकअघि सोही ठाउँमा नित्य पूजा गर्ने टोड्के बाबाका नाममा परिचित पुजारीले आश्रम भन्दै निकुञ्जबीचमा होटल चलाउँदा पनि निकुञ्ज प्रशासनले उनैलाई विश्वास गरी नित्य पूजामा संलग्न शिवाचार्यलाई निकाल्न खोज्नु खेदजनक विषय भएको भनी दुःख व्यक्त गरे ।

निकुञ्जका सूचना अधिकारी शिवलाल गैरे मुख्य निकुञ्ज क्षेत्रमा भवन र मानिस नराख्ने नीतिअनुसार सबैलाई हटाउन खोजिएको बताउँछन् । शिवाचार्यलाई हटाउन जेठ तेस्रो साता सहमति भई कागज गराएको उनले दाबी गरे ।

टोड्के बाबाले होटल चलाएको विषयमा सूचना प्राप्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकारी डा गणेश पन्त बताउँछन् । टोड्के बाबाले निकुञ्जभित्र चलाएको होटलमा मानिस रातिसमेत बस्न थालेको भन्ने जानकारी प्राप्त भएपछि त्यहाँको संरचना हटाउन लागेको उनले स्पष्ट गरे ।
रासस/फाइल फाेटाे

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२६ मा प्रकाशित

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...