back
CTIZAN AD

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

वि.सं.२०८१ असार ८ शनिवार

1.2K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइन् । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।

यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताइन् ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

वि.सं.२०८१ असार ८ शनिवार १५:३३ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...