back
CTIZAN AD

फ्रान्सको सहकार्यमा चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण

वि.सं.२०८१ असार ८ शनिवार

1.1K 

shares

झिचाङ(चिन) । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी जस्तै चम्कन्छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको जिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–द्दसी रकेटबाट अन्तरिक्षमा आधारित मल्टि–ब्यान्ड भेरिएबल ओब्जेक्ट मोनिटर (एसभिओएम) नामक उपग्रह प्रक्षेपण गरिएको थियो ।

“ब्रह्माण्ड भएका प्रारम्भिक गामा–रे विस्फोटहरू जस्ता खोजहरूको लागि तयार पारिएको यस उपग्रहले ब्रह्माण्डको विकासको अध्ययन गर्न मद्दत गर्नेछ । एसभिओएमका चिनियाँ प्रमुख अन्वेषक र चिनियाँ एकेडेमी अफ साइन्सेजको नेसनल एस्ट्रोनोमिकल अब्जर्वेटरीमा काम गर्ने वेई जियान्यानले बताए ।

गामा–रे फटहरू, सामान्यतया अवधिमा धेरै छोटो, बिग ब्यांग पछि ब्रह्माण्डमा सबैभन्दा हिंस्रक विस्फोटक घटना हो, भने तिनीहरू विशाल ताराहरूको पतन तथा बाइनरी कम्प्याक्ट ताराको विलयको समयमा हुन्छन् । गामा–रे फटहरूमा गहिरो अवलोकन र अनुसन्धानले विज्ञानका केही आधारभूत प्रश्नहरू बुझ्न मद्दत गर्ने उनले बताए ।
एसभिओएमको मुख्य वैज्ञानिक उद्देश्यहरूमा विभिन्न गामा–रे फटहरूको खोजी गरी पत्ता लगाउनु, फटको विद्युत चुम्बकीय विकिरण मापन तथा अध्ययन गर्नु, अन्धकार ऊर्जा र फटहरू मार्फत ब्रह्माण्डको विकासको अध्ययन गर्नु, र गुरुत्वाकर्षण तरंगहरूसँग सम्बन्धित विद्युत चुम्बकीय सङ्केत अवलोकन गर्नु आदी रहेका छन् ।

फ्रान्सेली वैकल्पिक ऊर्जा र आणविक ऊर्जा कमिसनमा काम गर्ने एसभिओएमका फ्रान्सेली प्रमुख अन्वेषक बर्ट्रान्ड कोर्डियरले प्रारम्भिक ब्रह्माण्ड अवलोकन गर्न उपकरणको रूपमा गामा–रे फट प्रयोग गरेर, पहिलो ताराहरू अवलोकन गर्न सक्ने बताए । यो धेरै रोचक भएको बताउदै उहाँले वर्तमान युगमा ब्रह्माण्डको बारेमा जानकारी प्राप्त गर्ने यो एक मात्र तरिका भएको उल्लेख गरे ।

उपग्रहमा चारवटा वैज्ञानिक उपकरणहरू स्थापित छन्, जसमध्ये दुईवटा चीनले र दुईवटा फ्रान्सले विकास गरेको हो । चारवटा उपकरणहरूले दृश्यको ठुलो क्षेत्र र उच्च–परिशुद्धता अवलोकन गर्न सक्छन् । (रासस÷सिन्ह्वा)

 

वि.सं.२०८१ असार ८ शनिवार १६:२९ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...