back
CTIZAN AD

यस्तो छ मिस नेपाल नर्थ अमेरिका २०२४ का शीर्ष २० प्रतियोगिको सूची

वि.सं.२०८१ असार ९ आइतवार

1.1K 

shares

विजय थापा । विश्वकै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को लागि शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको सूची सार्वजनिक गरिएको छ ।

जुन २२ का दिन आयोजक सँस्थाले एक बिज्ञप्ती जारी गर्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी हुने शीर्ष २० अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक गरेको हो ।

ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका प्रमुख कार्यकारी अधिकारी सैलेश श्रेष्ठका अनुसार शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर, टेक्सासकी आदीश्री रेग्मी, नर्थ क्यारोलाईनाकी अन्ना कोइराला, क्यानडाकी अनु सुबेदी, न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल, मेरिल्याण्डकी न्यान्सी क्षेत्री, न्यूजर्सीकी ओनिकाबानिया,न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, टेक्सासकी सरिता थागुना, कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल, क्यानडाकी स्वीकृति खड्का, टेक्सासकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।

स्मरण रहोस ,मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्त महिनामा यो प्रतियोगिता हुँदै आएको छ । यस बर्ष पनि अगस्त ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ ।

मिस नेपाल नर्थ अमेरिका (एमएनएनए) आयोजक सँस्थाले नेपाली महिलाहरूलाई आफ्नो महत्वकांक्षा साकार पार्न, आत्मसम्मान बढाउन र अनुकरणीय व्यक्ति बन्न मञ्च प्रदान गर्ने विश्वास लिएको छ ।

मिस नेपाल नर्थ अमेरिका बिश्वभरिका नेपाली समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यतिकै लोकप्रिय तथा स्थापित प्रतियोगिता बन्न सफल भएको छ । यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुग्न सफल यस प्रतियोगितालाई अत्यन्तै उच्च सम्मान तथा व्यावसायिक प्रतियोगिताको रुपमा हेरिन्छ । स्थापनाकाल देखि नै व्यवसायिकताको परिचय दिदै बिगतका सबै प्रतियोगिताहरु उत्तिकै उत्साहजनक तथा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

यस सुन्दरी प्रतियोगितामा नेपालका पूर्व नेपाल सुन्दरी शृंखला खतिवडा ,पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ, कलाकार प्रियंका कार्की लगायत ख्यातीप्राप्त थुप्रैले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।

वि.सं.२०८१ असार ९ आइतवार १३:१२ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...