back
CTIZAN AD

अमेरिकाले क्रिमियामा असभ्य आक्रमणको योजना बनाएको रुसको आरोप

वि.सं.२०८१ असार ११ मंगलवार

891 

shares

मस्को । रुसले बढ्दो तनावका बिच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणको योजना बनाएको आरोप लगाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको आक्रमणमा अमेरिकाले आपूर्ति गरेको पाँचवटा आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइल सामेल थिए । मन्त्रालयले चारवटा क्षेप्यास्त्र रोकिएको र पाँचौँ हावामा विस्फोट भएको बताएको छ । उक्त घटनामा बालबालिकासहित धेरै घाइते भएको अल जजिराले जनाएको छ ।

रुसी विदेश मन्त्रालयले सोमबार अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर उक्त घटनालाई वासिङ्टनले भड्काएको “प्रोक्सी वार”भन्दै निन्दा गरेको छ र जवाफमा जवाबी कारबाही गर्ने वाचा गरेको छ ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि, मस्कोले द्वन्द्वलाई पश्चिमी समर्थित युद्धको रूपमा लिएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले पत्रकारलाई सम्बोधन गर्दै अमेरिकाले युक्रेनको सार्वभौमसत्ताको रक्षा गर्न हतियार आपूर्ति गरेको बताए ।

राजदूत ट्रेसीले हालैको घटनाबाट कुनै पनि नागरिक हताहत भएकोमा खेद व्यक्त गरेका छन् ।

क्रेमलिनले युक्रेनलाई रूसी क्षेत्रभित्रका लक्ष्यहरू विरुद्ध आपूर्ति गरिएका हतियारहरू तैनाथ गर्न अनुमति दिने अमेरिकी निर्णयको कडा आलोचना गर्नुका साथै सम्भावित प्रतिक्रियाको चेतावनी दिएको छ।

मस्कोले अमेरिकी विशेषज्ञहरूले अमेरिकी जासुसी उपग्रहहरूबाट प्राप्त डाटा प्रयोग गरेर क्षेप्यास्त्र आक्रमणमा समन्वय गरेको आरोप लगाएको छ ।

“वासिङ्टनको यस्तो कार्य प्रतिक्रिया बिना छोडिने छैन”, रुसको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्तिमा भने ।

रुसी अधिकारीहरूले युक्रेन द्वन्द्व खतरनाक चरणमा प्रवेश गरेको बताएका छन् । सन् २०१४ मा रुसले कब्जा गरेको तर अन्तर्राष्ट्रियरूपमा युक्रेनी क्षेत्रको रूपमा मान्यता प्राप्त क्रिमियामा घातक द्वन्द्वमा उल्लेखनीय वृद्धि भइरहेको छ । (रासस÷एएनआई)

वि.सं.२०८१ असार ११ मंगलवार २१:०५ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...