back
CTIZAN AD

अनिद्राको समस्या र बच्ने उपाय

वि.सं.२०८१ असार १२ बुधवार

1.2K 

shares

निद्राको महत्त्व

निद्रा प्रत्येकको जीवनमा निकै महत्त्वपूर्ण छ । प्रत्येक निद्रा चरणको आफ्नै महत्त्व छ । पर्याप्त निद्राले शरीरका कोषहरू मर्मत गर्न मद्दत गर्छ र अर्को दिन जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्नको लागि पर्याप्त आराम भएको सुनिश्चित गर्छ । हामीले सिकेका कुराहरू बुझ्न, हाम्रो स्मृति र सिक्ने क्षमतालाई सुदृढ बनाउन मद्दत गर्छ । हामीलाई राम्रो काम गर्न सघाउँछ । निद्राले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्दछ ।

अनिद्रा भनेको के हो ?

अनिद्रा भनेको एक प्रकारको शयन असन्तुलन हो । अमेरिकी मनोरोग सम्बन्धी एसोसिएसनको डीएसएम–आईभी अनुसार, शयन असन्तुलनहरूको निदान गर्नेमा दुई मुख्य मापदण्ड छन्: १. शयन समस्याहरू (एक महिनाभन्दा बढी समयसम्म निरन्तर हुने) २. अनिद्राले थकान र तनाव निम्ताउन सक्छ ।

विभिन्न अनुसन्धानकर्ता र अध्ययनहरूले अनिद्रालाई भिन्न–भिन्न तरिकामा परिभाषित गर्छन् । अनिद्रालाई व्यापक रूपम चार भागमा विभाजन गर्न सकिन्छः

पीडितलाई बिस्तारामा निदाउनका लागि कठिनाइ भएको छ र  निद्राका लागि ३० मिनेट भन्दा बढी समय जरुरी हुन्छ । पीडित  थकित महसुस गर्छन् । यो डिप्रेसन भएकाहरूलाई सामान्य हो ।

निद्रामा कठिनाइ

-कहिलेकाहीँ, त्यो पनि अलि–अलि मात्रै निद्रा लाग्छ ।
-सुतेर उठ्दा पनि फ्रेस महसुस हुन सक्दैन ।
-सुतेर उठ्दा थकित महसुस गर्ने ।
-बिहान चाँडै आँखा खुल्ने ।

पीडित आफू नियमित उठ्ने समयभन्दा एक देखि दुई घण्टा छिटो उठ्छन् र फेरि सुत्न सक्दैनन् । यो घटना प्रति हप्ता तीन रातभन्दा बढी हुन्छ र पीडित दिउसो थकित देखिन्छ, झुम्म भइरहने, डिप्रेसन हुने हुन्छ ।

अनिद्राका कारणहरू

अनिद्राका दुई मुख्य कारणहरू छन्: प्राथमिक अनिद्रा र सेकेण्डरी अनिद्रा । सेकेण्डरी अनिद्राका कारणहरूमा निम्न कुराहरू पर्छन्: मानसिक समस्या र मनस्थिति असन्तुलन, शारीरिक समस्या, लागूपदार्थ दुर्व्यसन र अन्य शयन असन्तुलन । अनिद्राको अवस्था उमेरसँगै वृद्धि हुन्छ भने अनुसन्धानले देखाउँछ ।  ७० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूलाई, अनिद्राको दर ३५ प्रतिशतसम्म हुन्छ । अनिद्राको समस्याको पुरुषहरूमा भन्दा महिलाहरूमा बढी प्रबल हुन्छ ।

अनिद्राका प्रभावहरू

अनियमित अनिद्राले शरीरमा ठुलो हानी निम्त्याउँदैन । यद्यपि, अनिद्रा निरन्तर भइरहन्छ भने यसले पीडितको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभावहरू पार्न सक्छ । यसले पीडितको जीवन, बौद्धिक कार्य, स्मरण शक्ति र क्रियाकलापमा असर पार्न सक्छ ।

निद्राका लागि यस्तो गर्नुहोस्

-नियमित समयमा सुत्न जानुहोस् र उठ्नुहोस् ।
-दिउँसोको समयमा सुत्ने÷झपक लगाउन कम गर्नुहोस् ।
-धेरै व्यायामहरू गर्नुहोस् तर सुत्नुभन्दा अगाडि कठिन व्यायामहरू नगर्नुहोस् ।
-सुत्नको लागि आरामदायी ओछ्यान र सिरानी प्रयोग गर्नुहोस् ।
-शान्त र अँध्यारो कोठा बनाउनुहोस् ।
-कोठाको वातावरण शान्त बनाउनुहोस् ।
-एक कप तातो दूध पिउनाले निद्रा निम्त्याउन सक्छ ।
-सुत्नुभन्दा अगाडि एकदमै भोको वा एकदमै अघाएको अवस्थामा नरहनुहोस् ।
-सुत्नुभन्दा अगाडि एकदमै धेरै पानी र कफी वा चिया नपिउनुहोस् ।
-गीत सुन्ने, पुस्तक पढ्ने, आरामदायी व्यायामहरू गर्ने र तातो बाथ गर्ने गर्नुहोस् ।
-सुत्ने बाहेक अन्य समयमा बिस्तारामा नबस्नुहोस् ।
-तपाईँले सुत्नुभन्दा कुनै अधुरा काम, गल्ती र समस्याका विषयमा नसोच्नुहोस् ।
-बिस्तारामा जाने बेलामा बत्ती बन्द गर्नुहोस् ।
-बिस्तारामा हुँदा नपढ्नुहोस्, टेलिभिजन नहेर्नुहोस्, सङ्गीत नसुन्नुहोस् ।
-बिस्तारामा गएको २० मिनेटसम्म निद्रा नलागेमा उठ्नुहोस् र फेरि निद्रा लागेजस्तो भएपछि मात्रै विस्तारमा जानुहोस् ।

माथिका विधिहरूले राम्रोसँग निदाउन नसके चिकित्सकको परामर्श लिनुहोस् ।

वि.सं.२०८१ असार १२ बुधवार ११:३१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...