back
CTIZAN AD

काङ्ग्रेसले संसद्मा जनताको प्रतिनिधित्व गर्ने नेता गान्धीको भनाइ

वि.सं.२०८१ असार १२ बुधवार

915 

shares

नयाँदिल्ली । भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक रूपमा कार्यभार सम्हालेपछि आफ्नो पहिलो सम्बोधनमा आफ्ना सांसदहरू चुप लागेर नबस्ने संसद्मा अन्यायविरूद्ध आवाज बुलन्द गर्ने बताएका छन् ।

विपक्षी सांसदहरूले मोदी प्रशासनलाई चुनौती दिने आशासहित गान्धीलाई विपक्षी नेताका रूपमा चयन गरेका छन् ।

“सरकारसँग राजनीतिक शक्ति छ, तर विपक्षले पनि भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्छ,” गान्धीले संसदको तल्लो सदनमा सम्बोधन गर्दै भने ।

“यस पटक, विपक्षीले भारतीय जनताको आवाजलाई उल्लेखनीय रूपमा प्रतिनिधित्व गर्नेछ,” उनले भने ।

कुनै समयको शक्तिशाली भारतीय राष्ट्रिय काङ्ग्रेससँग संसद्मा आवाज बुलन्द पार्न विधायिकामा पर्याप्त सिट थिएनन् ।

पहिलो दुई कार्यकालमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले भारी मतान्तरले विजय हासिल गरेपछि संसद्मा विपक्षीहरूको आवाज ‘शून्य’ बनेको थियो ।

भाजपाले यस वर्षको चुनावमा मात्र २४० सिट जितेको छ, जुन एक दशकयताकै सबैभन्दा कम सदस्यसङ्ख्या हो र बहुमतका लागि आवश्यक सदस्यभन्दा ३२ सीट कम हो । यसले गर्दा भाजपाले ५४३ सिटको तल्लो सदनमा २९३ सिटको बहुमत निर्माण गर्न गठबन्धनका सहयोगीहरूमाथि भर परेको छ ।

त्रिहत्तर वर्षीय मोदीले सोमबार ‘सहमति’ का लागि विपक्षीलाई आग्रह गरेका थिए । (रासस÷एएफपी)

वि.सं.२०८१ असार १२ बुधवार २१:०३ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...