back
CTIZAN AD

आज असार १५ गते शनिबारको राशिफल, हेर्नुहोस् कस्तो छ तपाईको आजको दिन ?

वि.सं.२०८१ असार १५ शनिवार

1.5K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसर प्राप्त हुनेछन्। तर पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ। ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ। तर एउटै सत्प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला। मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य–चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्ष गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा केही समस्या आउनेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ। बलजफ्तीले पनि चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

२०८१ असार १५ गते, शनिवार (२९ जुन २०२४)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

आज असार १४ गते, शुक्रवारको राशिफल भन्छ-आज यी ८ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८१ असार १५ शनिवार ०७:०५ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...