back
CTIZAN AD

युक्रेनको प्रतिरक्षाका लागि ईयूद्वारा एक अर्ब ९० करोड यूरो प्रदान

वि.सं.२०८१ असार १४ शुक्रवार

837 

shares

ब्रसेल्स,बेल्जियम । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ ।

युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लडाइँ’ गर्दा चलाउनका लागि रहेको बताए ।
उनले युक्रेनसँगको विलय वार्ताको उद्घाटनलाई ‘ऐतिहासिक क्षण’ को रूपमा वर्णन गर्दै किएभले ईयूमा आफ्नो ‘सही स्थान’ पाउने बताए ।

जेलेनेस्कीले एक ऐतिहासिक क्षणमा आफ्नो सही स्थान पाउने बताउदै युक्रेन सुविधाअन्तर्गत अरबौँ रकम वितरण गरिने ईयू प्रमुखले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

यसअघि ईयूले गत हप्ता यूरोपेली समूहका सदस्य राष्ट्रहरूबाट स्वीकृति प्राप्त गरेपछि युक्रेन र मोल्दोभासँग प्रवेश वार्ता सुरु गरेको अल जजिराले जनाएको थियो ।
हङ्गेरीले यस कदमलाई रोक्ने प्रयास गरेपनि गत हप्ता समूहका २७ सदस्यहरूको सम्झौता सुरक्षित भएको थियो ।

टर्की र धेरै पश्चिमी बाल्कन राज्यहरूले विलय प्रक्रियामा वर्षौं बिताएका हुनाले वार्ताले अन्ततः ईयू सदस्यतामा लैजाने सुनिश्चितता भने गरेको छैन ।

वार्ताले जारी रुस र–युक्रेनको द्वन्द्वले युरोपेली सङ्घको सदस्यता विस्तार गर्ने प्रयासलाई पुनः र्जीवित भने गरेको छ ।

युक्रेनले आक्रमणको लगत्तै पछि सन् २०२२ फेब्रुअरीमा समूहमा सामेल हुने आफ्नो इच्छा दर्ता गरÞेसंगै छिमेकी मोल्दोभा नजिकबाट पछि लागेको छ ।

वार्ता सुरु गर्न हस्ताक्षर गर्नुभन्दा पहिले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभयो, “यो साँच्चै ऐतिहासिक क्षण भएको र युक्रेन सधैँ एकताबद्ध युरोपको हिस्सा भएको र रहनेछ ।”

देशहरूमा कानूनले पहिले नै ईयू मापदण्डहरू पालना गरेको र अझ कति काम अगाडि छ भनेर स्क्रिनिङ गर्ने प्रक्रियाबाट प्रवेश वार्ताको सुरुवात भएको छ । त्यसपछि इयुले करदेखि वातावरणीय नीतिसम्म ३५ वटा विषयमा वार्ताका लागि सर्तहरू राख्न सुरु गर्नुपर्छ ।

अल जजिराका अनुसार, हङ्गेरीले युरोपेली सङ्घको घुमाउरो अध्यक्षता गर्ने आगामी छ महिनामा अर्को चरणतर्फ प्रगति हुने सम्भावना छैन । (रासस/एएनआई)

 

वि.सं.२०८१ असार १४ शुक्रवार २१:१७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...