back
CTIZAN AD

वनकरियाद्वारा पहिलोपटक स्थानीय निर्वाचनमा मतदान

वि.सं.२०७४ जेठ १ सोमवार

591 

shares

१ जेठ, हेटौँडा । मकवानपुरको मकहरी गाउँपालिका–४ मा रहेको लोपोन्मुख जाति वनकरियाले पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गरेका छन् । मकवानपुरको एकमात्र स्थानमा रहेको ५४ जना वनकरियाले मतदान गरेका हुन् ।

देशमा मकवानपुरको हाँडीखोला, ट्वाङ्ग्रास्थित मुसेधापमा मात्र बसोबास गर्दैै आएका लोपोन्मुख २० घर वनकरिया रहेका छन् । स्थानीय पशुपतिनाथ माविमा राखिएको केन्द्रमा उनीहरूले पहिलोपटक मतदान गरेको मतदान अधिकृत गणेश भण्डारीले बताउनुभयो ।

लोपोन्मुख वनकरिया जातिमा पुरुषभन्दा महिलाको अवस्था राम्रो छ । वनकरिया समुदायका पुरुष चुलोचौको र जङ्गल छाडेर अन्यत्र जान अझै रुचाउँदैनन् भन्ने मान्यता यसपटक उनीहरूले ताडेको स्थानीयले बताएका छन् ।

भोट हाल्न अनौठो लागेको तर खुसी भएको ३६ वर्षीया पार्वती वनकरियाले बताउनुभयो । ५८ वर्षीया ठूलीमाया वनकरियाले यो चुनावले गाउँ विकास हुन्छ भनेकाले खुसी लागेको बताउनुभयो । यस गाउँको पुरुष गाउँ बाहिरका काममा जानै नमान्ने भए पनि भोट हाल्न भने ल्याएको उहाँको भनाइ छ । रासस

वि.सं.२०७४ जेठ १ सोमवार ०१:४० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...